११ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढीपछि १३ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ३५१ जनाको हवाई उद्धार बाढी प्रभावित परिवारका लागि डिग्निटी किट र अन्तर्वस्त्र पठाइयो भोटेकोसी बाढी प्रभावितका लागि एनसेल फाउन्डेसनकाे रु. १ करोड सहयोग राहत शिविर व्यवस्थित बनाउन र सडक–विद्युत्–सञ्चार तत्काल सुचारु गर्न प्रधानमन्त्रीको निर्देशन भोटेकोशी बाढीले रसुवाका ४० किलोमिटर सडक क्षतिग्रस्त विपद्मा खटिने सुरक्षाकर्मीको भत्ता र खाजा खर्च बढाइने प्रधानमन्त्री राहत कोषमा लेयर्स कुखुरापालक सङ्घको १० लाख सहयोग भोटेकोशी बाढीः शिक्षण अस्पतालमा ३६ जनाको उपचार हुँदै नुवाकोटमा अधिकांश स्थानमा विद्युत् सेवा नियमित, रसुवामा पनि पुनःस्थापनाको तयारी राष्ट्रपति पौडेलद्वारा बाढीपीडितका लागि एक महिनाको पारिश्रमिक सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

माधव पक्षको राष्ट्रिय कार्यकर्ता भेला सुरु



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को माधव नेपाल समुहको दुई दिने राष्ट्रिय कार्यकर्ता भेला सुरु भएको छ। ललितपुरको सानेपामा रहेको हेरिटेज गार्डेनमा सुरु हुने राष्ट्रिय कार्यकर्ता भेलामा देशभरबाट दुई हजार  नेता तथा कार्यकर्ता सहभागी रहेका छन् ।

भेलाले पार्टीलाई कसरी अघि बढाउने, पछिल्लो समयमा देश  तथा पार्टीको अवस्था  र बनाउनु पर्ने रणनीतिमा बारेमा छलफल हुने छ। सो समुहले सर्वोच्च अदालतको फैसलाबाट पार्टी पुनःस्थापित भएकाले पार्टीका सबै तह पुनःस्थापित भएको कारण सबै तहलाई समानान्तर रुपमा क्रियाशिल बनाउने निर्णय यस अघि नै गरेको थियो ।

यता प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली र महासचिब ईश्वर पोखरेलले गुटगत भेलामा सहभागी भए कारबाही गर्ने चेताबनी दिनु भएको छ । उता सचिब योगेश भट्टराईले आफूहरु कारबाही भोग्न लामबद्ध भएको जनाउदै धम्किको भाषा प्रयोग नगर्न चेतावनी दिनु भएको छ ।