२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ

‘मिथिला माध्यमिक डोला’ को बढ्दो धार्मिक महिमा

‘मिथिला माध्यमिक डोला’ को बढ्दो धार्मिक महिमा
अ अ+ अ-

– प्रभाषचन्द्र झा 

जनकपुर । धार्मिक, सांस्कृतिक र एतिहासिक पहिचान बोकेको ‘मिथिला माध्यमिक डोला’ परिक्रमामा श्रद्धालुको व्यापक सहभागिताले यसको धार्मिक महत्वलाई अझ बढाएको प्रष्ट हुन्छ । नेपाल–भारतको सांस्कृतिक र धार्मिक सम्बन्धलाई अझ सुदृढ बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको यस मिथिला माध्यमिक डोला परिक्रममा दुवै मुलुकका साधुसन्तहरु पनि सहभागी भएका छन् ।
 
गत शनिबार अर्थात फागुनको औंशी तिथिमा धनुषाको ठेराकचुरीस्थित मन्दिरबाट विधिवत् रुपमा शुरु भएको यो धार्मिक यात्रा फागुन पूर्णिमाको दिन जनकपुरको अन्तरगृह पञ्चकोशीको परिक्रमा गरी विधिवत् सम्पन्न हुनेछ । कचुरीमठबाट मिथिला बिहारी अर्थात् भगवान राम र जनकपुरधामको अग्निकुण्डबाट किशोरीजी अर्थात माता सीताको डोला गरी प्रमुख डोलाको नेतृत्वमा विभिन्न मठमन्दिरबाट निस्केका डोला सहभागी भएर विधिवत् रुपमा शुरु भएको थियो । 
    
मिथिला महात्म्यअनुसार १८औं शताब्दिदेखि यो धार्मिक यात्रालाई माध्यमिकी परिक्रमाका रुपमा विधिवत् रुपमा शुरु भएको हो । रत्नसागरका मठका महन्थ स्व नारायण दासले परिक्रमाको शुभारम्भ गर्नुभएको जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले जानकारी दिनुभयो । 

प्राचीन मिथिलाको राजधानी जनकपुरधामको चारवटै कुनामा स्थापना भएका चार शिवालय कल्याणेश्वर, जलेश्वर, क्षीरेश्वर र सप्तेश्वरनाथलाई आधार मानी परिक्रमा गर्ने परम्परा रहेको छ । यस परिक्रमाअन्तर्गत धनुषा र महोत्तरी जिल्लाको १३ र भारत विहारको दुई गरी १५ वटा एतिहासिक धार्मिकस्थलमा पुग्ने विश्राम गर्छन् । सो अवधिमा डोलाले नेपालको १०७ किलोमिटर र भारत विहारको २६ किलोमिटर गरी १३३ किलोमिटरको दूरी गर्छ । 
    
सो माध्यमिकी परिक्रमाका सहभागीले क्रमशः धनुषाको हनुमानगढी, भारतको मधुवनी जिल्लामा पर्ने कल्याणेश्वर र गिरिजास्थान र महोत्तरीको मटिहानी गरी पहिलो, दोस्रो, तेस्रो र चौंथो दिन दिनको रात्रि विश्राम गरिसकेका छन् । 

डोलासँग बाजागाजाका साथ भजनर्कीतन गर्दै हजारौंको सङ्ख्यामा साधु सन्त, महिला र पुरुष, युवा परिक्रमा सहभागी भएका छन् । लगातार १५ दिनसम्म डोलासँग परिक्रमामा सहभागीले नियम निष्ठालाई पालना गर्ने गर्छन् । डोला परिक्रमाको मार्गमा सहभागी भएका श्रद्धालु भक्तजनका लागि स्थानमा स्थानीय पानीका साथै भोजनको समेत व्यवस्था गरेको हुन्छ । कुनै प्रकारको कठिनाइ नहोस् भन्ने भावनाका साथ स्थानीयवासी सचेत भएर सेवामा समर्पित रहन्छन् ।

परिक्रमा अवधिमा विश्रामस्थलको विशेष धार्मिक महत्व रहेको छ । सो क्रममा पहिलो दिन जनकपुरको हनुमानगर पुगेर विश्राम गरी डोला दोस्रो दिन विहारको कलनास्थित कल्याणेश्वर मन्दिर र तेस्रो दिन डोला विहारको फूलहरस्थित गिरिजास्थानमा पुगेर विश्राम गर्छ । गिरिजा मन्दिर अर्थात पार्वतीको मन्दिर भएको कारणले सो स्थानलाई गिरिजा स्थान भनिएको हो । 

माता सीता प्रत्येक दिन सो मन्दिरमा पुगेर पार्वतीको पुजा गर्नुहुन्थ्यो भन्ने धार्मिक विश्वास रहेको छ । धनुष यज्ञको समयमा भगवान राम जनकपुर आउनु भएपछि सोही स्थानमा सीतासँग पहिलो भेटघाट भएको रामायणमा उल्लेख गरिएको छ । त्यहाँबाट डोला प्रस्थान गरेपछि परिक्रमाको क्रममा चौथो दिन महोत्तरी जिल्लाको मटिहानी पुग्छ । 

ग्रामीण क्षेत्रको रुपमा रहेको मटिहानीमा लक्ष्मीनारायणको ऐतिहासिक मन्दिरका साथै एक दर्जन मन्दिर र पोखरी छन् । मटिहानीबाट डोला पाँचौं दिन महोत्तरीको सदरमुकाम जलेश्वर पुगेपछि जलेश्वरनाथ महादेवको श्रद्धालु दर्शन गर्छन् । सो जलेश्वरनाथको शिवलिङ्ग सधैंँ जलमै डुबेको हुन्छ ।  

छैठौं दिन डोला मडई पुर्‍याइन्छ । मुनेश्वरनाथ महादेवको नामले परिचित सो मडइमा महादेवको मन्दिर र पोखरी छन् । यसैगरी सातौं दिन डोला ध्रुवकुण्डमा पुग्¥याइनछ । त्यहाँ ध्रुवमन्दिर छ । आठौं दिन कञ्चनवनमा डोला पुग्छन् । त्यहाँ सीतारामको मन्दिर छ ।

यस्तै नवौं दिनमा हरिहरपुरस्थित क्षीरेश्वरनाथ महादेवको पूजापाठ गरेपछि डोला पर्वता पुग्छन् । सो स्थानमा हनुमानजीको विशाल मन्दिर छ । नवौं दिनको विश्राम पर्वतामा गरेपछि १० औँ दिनमा डोलासहितको श्रद्धालु एतिहासिकस्थल धनुषाधाम पुग्छन् । सीता स्वयंवरको समयमा भगवानले तोड्नु भएको शिवधनुषको एक टुक्रा सो स्थानमा खसेको विश्वास गरिन्छ ।

एघारौँ दिनमा डोला सतोषरस्थित राममन्दिर पुग्छन् भने १२औँ दिन डोला औंरही पुग्छन् । धनुषाको वैदेहीनजिक रहेको औंरहीमा डोलासँग सहभागी श्रद्धालु, भक्तजन कमला नदीमा स्नान गरी रामजानकी मन्दिरमा दर्शन गर्छन् । तेह्रौँ दिन विहारको विसौंल र चौंधो दिन करुणा भन्ने स्थलमा आइपुग्छन् ।    

परिक्रमाको अन्तिम दिन १५ औँ दिनमा जनकपुरको अन्तरगृह परिक्रमा गरेपछि विधिवत् रुपमा परिक्रमा सम्पन्न हुन्छ । त्यसको भोलिपल्ट उल्लासमय वातावरणमा होली पर्व मनाइन्छ । रासस