२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

आम चुनावले आईपीएललाई असर नगर्ने, सबै खेल भारतमै गराउने बीसीसीआईको योजना



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)को १६ औं सिजन यस वर्षको मार्च २२ बाट सुरु हुँदैछ भने महिला प्रिमियर लिग (डब्लुपीएल)को दोस्रो सिजन फेब्रुअरीको अन्त्यबाट सुरु हुँदैछ ।

यसै वर्ष भारतमा आम चुनाव हुन लागेको र त्यसलाई ध्यानमा राखेर आईपीएल आयोजना गरिने भएको छ । चुनाव भए पनि २०१९ जस्तै सबै खेल भारतमा मात्रै हुनेछन् ।

अनुसार आईपीएल आयोजना गर्ने सहरहरूमा लोकसभा चुनाव हुने चरणमा त्यहाँका खेलहरू अन्य स्थानहरूमा हुनेछन् । अर्को चरणको निर्वाचन हुने स्थानका खेलहरू अन्य स्थानमा आयोजना हुनेछन् । बीसीसीआईले यसरी खेलहरू आयोजना गर्ने योजना बनाएको छ ।

केन्द्रीय गृहमन्त्री अमित शाहका छोरा तथा बीसीसीआईका सचिव जय शाह आईपीएललाई भारतमा ल्याउन कडा मेहनत गरिरहेका छन् । स्रोतका अनुसार बीसीसीआई र केही सरकारी मन्त्रालयबीच यस विषयमा छलफल पनि भएको छ ।

निर्वाचनका क्रममा खेलका लागि सुरक्षाकर्मी उपलब्ध गराउन कुनै समस्या नपर्ने भएको छ । यसअघि सन् २००९ र २०१४ मा आमनिर्वाचनका कारण आइपिएल विदेशमा आयोजना गर्नुपरेको थियो ।

२००९ मा, आईपीएल आयुक्त ललित मोदी थिए र त्यसबखत सम्पूर्ण प्रतियोगिता दक्षिण अफ्रिकामा आयोजित भएको थियो । यस्तै, २०१४ मा पहिलो २० खेल युएईको अबुधाबी, दुबई र शारजाहमा आयोजना गरिएको थियो । मे २ मा निर्वाचनपछि बाँकी खेल भारतमा आयोजना गरिएको थियो । तर २०१९ मा आम चुनावसँगै आईपीएलका सबै खेलहरू भारतमै सम्पन्न भएका थिए ।