२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

आम चुनावले आईपीएललाई असर नगर्ने, सबै खेल भारतमै गराउने बीसीसीआईको योजना



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)को १६ औं सिजन यस वर्षको मार्च २२ बाट सुरु हुँदैछ भने महिला प्रिमियर लिग (डब्लुपीएल)को दोस्रो सिजन फेब्रुअरीको अन्त्यबाट सुरु हुँदैछ ।

यसै वर्ष भारतमा आम चुनाव हुन लागेको र त्यसलाई ध्यानमा राखेर आईपीएल आयोजना गरिने भएको छ । चुनाव भए पनि २०१९ जस्तै सबै खेल भारतमा मात्रै हुनेछन् ।

अनुसार आईपीएल आयोजना गर्ने सहरहरूमा लोकसभा चुनाव हुने चरणमा त्यहाँका खेलहरू अन्य स्थानहरूमा हुनेछन् । अर्को चरणको निर्वाचन हुने स्थानका खेलहरू अन्य स्थानमा आयोजना हुनेछन् । बीसीसीआईले यसरी खेलहरू आयोजना गर्ने योजना बनाएको छ ।

केन्द्रीय गृहमन्त्री अमित शाहका छोरा तथा बीसीसीआईका सचिव जय शाह आईपीएललाई भारतमा ल्याउन कडा मेहनत गरिरहेका छन् । स्रोतका अनुसार बीसीसीआई र केही सरकारी मन्त्रालयबीच यस विषयमा छलफल पनि भएको छ ।

निर्वाचनका क्रममा खेलका लागि सुरक्षाकर्मी उपलब्ध गराउन कुनै समस्या नपर्ने भएको छ । यसअघि सन् २००९ र २०१४ मा आमनिर्वाचनका कारण आइपिएल विदेशमा आयोजना गर्नुपरेको थियो ।

२००९ मा, आईपीएल आयुक्त ललित मोदी थिए र त्यसबखत सम्पूर्ण प्रतियोगिता दक्षिण अफ्रिकामा आयोजित भएको थियो । यस्तै, २०१४ मा पहिलो २० खेल युएईको अबुधाबी, दुबई र शारजाहमा आयोजना गरिएको थियो । मे २ मा निर्वाचनपछि बाँकी खेल भारतमा आयोजना गरिएको थियो । तर २०१९ मा आम चुनावसँगै आईपीएलका सबै खेलहरू भारतमै सम्पन्न भएका थिए ।