२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ

एमालेमा गुट सुरू गर्ने केपी ओली हुन् : झलनाथ खनाल

एमालेमा गुट सुरू गर्ने केपी ओली हुन् : झलनाथ खनाल
अ अ+ अ-

काठमाडौ्रं । नेकपा(एमाले) का नेता झलनाथ खनालले नेकपा(एमाले)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई विभाजन र बिर्सजनतर्फ लाने दुष्प्रयास गर्नुभएको बताउनुभएको छ । 

बुधबार नेपाल कम्युनिष्ट पार्टी(एमाले) को माधव नेपाल समुहले ललितपुरको सानेपामा आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता खनालले सर्वोच्च अदालतको फैसलापछि पार्टीको बैठक राखेर नयाँ रुपले अगाडी बढ्ने पहल कदमी लिनुपर्नेम प्रधानमन्त्री ओलीले गुट भेलाबाट पार्टीको विधान विपरित निर्णय गरी पार्टीलाई बिर्सजनमा लाने दुष्प्रयास गरेको बताउनुभएको हो । प्रधानमन्त्री ओलीको यस कदमप्रति पार्टीपंक्ति भित्र आक्रोश पैदा भएको उहाँको भनाई छ । उहाँले भन्नुभयो – ‘जुन ढंगले पार्टी अध्यक्षले सबै नेताहरुसँग छलफल गरेर, विचार, विमर्श गरेर पार्टी केन्द्रीय कमिटीको बैठक राखेर अनि नयाँ ढंगले अगाडी बढ्नुपर्ने, पहलकदमी लिनुपर्ने आवश्यकता थियो । त्यो कुरा उहाँले गर्न सक्नुभएन । उल्टै २८ फागुनमा उहाँले बालुवाटारमा गुट बैठक राखेर जुन ढंगले एकलौटी ढंगले आफ्ना मान्छेहरुलाई मात्रै राखेर उहाँले जुन ढंगका निर्णयहरु गर्नुभो त्यो निर्णय पार्टी विधान अनुरुप पनि छैन । पार्टीका सोच अनुरुप पनि छैन । पार्टीका महाधिवेशनले गरेका निर्णय अनुरुप पनि छैनन् । यसरी केपी ओलीले जुन ढंगले काम गर्नुभाको छ हाम्रो पार्टीलाई विभाजनतर्फ, विघटनतर्फ र बिर्सजनतर्फ लाने उहाँले दुष्प्रयास गर्नुभाको छ यो दुष्प्रयासका विरुद्ध सिंगो देशमा, सिंगो कम्युनिष्ट आन्दोलनमा, हाम्रो पार्टीव्यापी रुपमा एउटा आक्रोश पैदा भएको छ । रोष पैदा भएको छ । र त्यो रोषलाई ठोस रुपमा राजनीतिक रुपले अभिव्यक्ति दिनको लागि र एउटा ठोस दिशा दिनको लागि हामीेले आजको यो कार्यकर्ता भेलाको आयोजना गरेका छौँ ।’

नेता खनालले पार्टी भित्र गुटबन्दी केपी ओलीले नै सुरुवात गरेको जिकिर गर्नुभयो । ओली दक्षिणपन्थी अवसरवादी बाटोमा हिडेको उहाँको आरोप छ । एमाले, माओवादी पार्टीलाई एकताबद्ध बनाउने जिम्मेवारी प्रधानमन्त्री ओलीको हातमा भएपनि एकतालाई भंग गर्ने काम गरेको उहाँको भनाई छ । उहाँले भन्नुभयो – ‘पार्टी जुन ढंगले एकिकृत भएको थियो । त्यो एकिकृत पार्टीलाई जसरी एकिकरणको दिशामा लानुपर्ने थियो हामीले दुई महिना, तीन महिना भित्रमा एकिकरण सम्पन्न गरिसक्ने भनेर विगत ०७५ साल जेठ २ गते एकिकरण गरेका थियौँ । तर तीन महिना त परै जाओस् तीन वर्ष पुग्दापनि पार्टी एकिकरण हुन सकेन । आखिर त्यो पार्टी जुन ढंगले एकिकृत भएको थियो त्यसलाई बचाउन पनि सकिएन । केपी ओलीले जुन ढंगले तीन वर्ष नेतृत्व गर्नुभो यो नेतृत्व वास्तवमा दक्षिणपन्थी अवसरवादी बाटोतर्फ गयो । पार्टीका कार्यदिशा, नीति, सिद्धान्त अनुरुप भएन । पार्टी दक्षिणपन्थी भड्काउमा भासिदै गयो । पार्टी अनेक षड्यन्त्र नेतृत्वको षडयन्त्रकारी चालबाजिमा फस्न थाल्यो । पार्टीमा व्यापक रुपले गुटबन्दी बढ्दै गयो । हामीले गुटबन्दी समाप्त पार्नुपर्छ भनेर आवाज उठायौँ । तर केपी ओलीले उहाँले नै गुट शुरु गर्नु भो । यो पार्टीमा गुटबन्दी शुरु गर्ने नेता अरु कोही होइन, केपी ओली हो । केपी ओलीले गुटबन्दी सुरुवात गरेको हो । मदन भण्डारी फाउण्डेशन गठन गरेर देशव्यापी रुपमा उहाँले जुन ढंगले गुटबन्दीलाई मौका दिनुभो त्यसले हाम्रा पार्टीका विधिहरु मिचिदै गए । पद्धतीहरु मिचिदै गए । अनुशासन मिचिदै गयो । अराजकता बढ्दै गयो । स्वार्थी भावनाहरु बढ्दै गए । विभिन्न ढंगले पार्टीमा वैचारिक काम शुन्य हुन थाल्यो । पार्टीमा सैद्धान्तिक काम शुन्य हुन थाल्यो । पार्टीको राजनीतिक कार्यदिशा पनि बदलिन थाल्यो त्यो दक्षिणपन्थी भासतर्फ गयो । र संगठनात्मक क्षेत्रमा अराजकतै अराजकता सिर्जना हुन थाले । यस्तो अवस्थामा भर्खरै एकिकृत भएका पार्टीका कमरेडहरुलाई अझै नयाँ ढंगले रुपान्तरण गर्दै अगाडी बढाउनुपर्ने समेत दायित्व हामी अप्रत्यक्ष रुपमा नेकपा एमालेका नेता कार्यकर्ताहरु सँग थियो । तर केपी ओलीले त्यसका विपरित गएर त्यो एकतालाई पनि भंग गर्ने दिशातर्फ कामहरु गर्न थाल्नुभो । त्यसले गर्दाखेरी पार्टीमा समस्याहरु आए ।’

प्रधानमन्त्री ओलीले पार्टीको नीति, सिद्धान्त अनुरुप सरकार सञ्चालन नगरेको, निर्वाचनमा गरिएको घोषणापत्र अनुरुपको काम गर्न नसकेको तथा भ्र्रष्टाचार उन्मुलनमा कुनै कदम चाल्न नसकेको आरोप समेत लगाउनुभयो ।