२० मंसिर २०८२, शनिबार
,
Latest
यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँच करोडको ल्याण्डक्रुजर चढ्ने योजनामा थिए ‘तपस्वी’ बम्जन



अ+ अ-

काठमाडौं । बलात्कार र हत्या आरोप लागेका ‘तपस्वी’भनिने रामबहादुर बम्जनले झण्डै पाँच करोड रुपैयाँ पर्ने ल्याण्डक्रुजर गाडी खरिद गर्न लागेको पाइएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले बुधबार उनीबारे गरिएको पत्रकार सम्मेलनमा सो जानकारी दिएको हो ।

सीआईबीका अनुसार उनले बौद्ध श्रवण ललितपुरका अध्यक्ष पनित महर्जनको नाममा गाडी खरिद गर्न तीन करोड नगदै भुक्तानी गरेको खुलको छ ।

उनले सेतो रंगको टोयटा गाडी र चारवटा मोटरसाइकल पनि प्रयोग गर्नेगरेको सीआईबी बताउँछ ।