• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

काठमाडौँ–तराई द्रुतमार्ग, मेलम्ची र बाहिरी चक्रपथ छलफलमा



काठमाडौं । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको आजको बैठकले अबका बैठकमा काठमाडौँ–तराई द्रुतमार्ग, मेलम्ची खानेपानी आयोजना, बाहिरी चक्रपथलगायत पूर्वाधारका विषयमा सम्बन्धित संस्था र प्रतिनिधिसँग छलफल गर्ने योजना बनाएको छ । 

प्रतिनिधिसभा पुनः स्थापनापछि पहिलोपटक बसेको बैठकले नागरिकलाई प्रत्यक्षरुपमा प्रभाव पार्ने आयोजनामा छलफल गर्ने योजना बनाएको हो । अब बस्ने बैठकमा दु्रत मार्गका विषयमा रक्षा मन्त्रालय र नेपाली सेनासँग छलफल गर्ने योजना बनाइएको समितिका उपसचिव ओमबहादुर कार्कीले बताउनुभयो । उहाँका अनुसार यही चैत ८ वा ९ गते बैठक हुनेछ । त्यसपछि क्रमशः मेलम्ची खानेपानी आयोजना र बाहिरी चक्रपथको विषयमा सम्बन्धित मन्त्रालयसँग छलफल हुने उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बैठकमा सहभागी माननीयहरूले बढी समस्या देखिएका विषयमा छलफल गर्दै जान सुझाव दिनुभएको छ ।”

यसअघि गत पुस २ गते समितिको बैठक बसेको थियो । प्रतिनिधिसभा पुनः स्थापनापछिको पहिलो बैठकमा समितिका सदस्यहरूबीच मात्रै छलफल भएको छ । अब बस्ने बैठकहरूमा भने समितिले हेर्ने मन्त्रालयहरूका प्रतिनिधिलगायत सरोकार राख्ने संस्थाका प्रतिनिधिसमेत सहभागी हुनेछन् ।