२१ मंसिर २०८२, आईतवार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिकुल मौसमका कारण धनगढी उडेका श्री र बुद्ध एयरको विमान सुर्खेतमा अवतरण



फाईल फोटो
अ+ अ-

धनगढी । प्रतिकुल मौसमका कारण काठमाडौंबाट धनगढी उडेका श्री र बुद्ध एयरको विमान सुर्खेतमा अवतरण गरिएको छ ।

बाक्लो हुस्सु र कुहिरो कारण बुधबार बिहान काठमाडौंबाट उडेको श्री एयरलाइन्स र बुद्ध एयरको जहाज सुर्खेतमा अवतरण गरिएको हो ।

भिजिविलिटी कम भएपछि दुवै विमान सुर्खेत विमानस्थलमा अवतरण गरिएको हो । काठमाडौँबाट बिहान ९ बजेर ३९ मिनेटमा उडेको जहाजले धनगढीमा अवतरण गर्ने स्थिती नरहेपछि सुर्खेतमा अवतरण गरिएको श्री एयरलाइन्सका धनगढी प्रमुख गजेन्द्रबहादुर शाहीले जानकारी दिए ।

बिहान मौसम खुलेपनि एकाएक बाक्लो हुस्सु लागेपछि विमान अवतरण गर्न नसकेर फर्किएका धनगढी विमानस्थल कार्यालयले बताएको छ ।  मौसम खुलेपछि विमान धनगढीका लागि उड्ने कार्यालयले जनाएको छ ।