२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिकुल मौसमका कारण धनगढी उडेका श्री र बुद्ध एयरको विमान सुर्खेतमा अवतरण



फाईल फोटो
अ+ अ-

धनगढी । प्रतिकुल मौसमका कारण काठमाडौंबाट धनगढी उडेका श्री र बुद्ध एयरको विमान सुर्खेतमा अवतरण गरिएको छ ।

बाक्लो हुस्सु र कुहिरो कारण बुधबार बिहान काठमाडौंबाट उडेको श्री एयरलाइन्स र बुद्ध एयरको जहाज सुर्खेतमा अवतरण गरिएको हो ।

भिजिविलिटी कम भएपछि दुवै विमान सुर्खेत विमानस्थलमा अवतरण गरिएको हो । काठमाडौँबाट बिहान ९ बजेर ३९ मिनेटमा उडेको जहाजले धनगढीमा अवतरण गर्ने स्थिती नरहेपछि सुर्खेतमा अवतरण गरिएको श्री एयरलाइन्सका धनगढी प्रमुख गजेन्द्रबहादुर शाहीले जानकारी दिए ।

बिहान मौसम खुलेपनि एकाएक बाक्लो हुस्सु लागेपछि विमान अवतरण गर्न नसकेर फर्किएका धनगढी विमानस्थल कार्यालयले बताएको छ ।  मौसम खुलेपछि विमान धनगढीका लागि उड्ने कार्यालयले जनाएको छ ।