२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ

कांग्रेसद्वारा प्रतिनिधिसभामा तीन प्रस्ताव दर्ता

कांग्रेसद्वारा प्रतिनिधिसभामा तीन प्रस्ताव दर्ता
अ अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभामा  तीन प्रस्ताव दर्ता गराएको छ । कांग्रेस सांसदले मंगलबार सङ्घीय संसद् सचिवालयमा दुई जरुरी सार्वजनिक महत्वका  र एक सङ्कल्प प्रस्ताव दर्ता गराउनुभएको हो ।

महिला तथा बालवालिकामाथि भएका हिंसा न्यूनीकरण गर्न जरुरी सार्वजनिक महत्वका विषयमा गृहमन्त्रीको ध्यानाकर्षण गराउन प्रस्ताव दर्ता गराइएको छ । सरकारलाई महिलामाथिको हिंसा सम्बोधन गर्न न्यूनीकरण गर्न सदनले सरकारलाई मार्गनिर्देशन गर्न अपरिहार्य भएको जनाउँदै ध्यानाकर्षण प्रस्ताव पेश गरिएको हो । गृह मन्त्रालयसँग सम्बन्धित उक्त प्रस्ताव कांग्रेस सांसद डा डिला सङ्ग्रौला, लक्ष्मी परियार र प्रमिला राईले दर्ता गराउनुभएको हो । 
 
यसैगरी कोभिड–१९ ले वैदेशिक रोजगारीमा पारेको प्रभाव सम्बन्धमा श्रम, रोजगार तथा सामाजिक सुरक्षासँग सम्बन्धित जरुरी सार्वजनिक महत्वको अर्को विषयमाथि छलफल गर्न पनि सूचना दर्ता गरिएको छ । सो प्रस्तावमा कोभिड–१९ बाट सिर्जित समस्याले वैदेशिक रोजगारीमा कतिले ज्यान र रोजगारी गुमाए तथा कति स्वदेश फर्किए भन्ने विस्तृत तथ्याङ्क सरकारसँग माग गर्न छलफल गर्नुपर्ने कारण देखाइएको छ । 

यसैगरी कोभिड–१९ बाट मृत्यु भएकाका परिवार तथा रोजगारी गुमाएका व्यक्तिलाई सरकारका तर्फबाट केकस्तो राहत र सहयोग भएको भन्ने जानकारी माग गर्न, वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन सरकारको योजना के छ भन्नेलगायत विषयमा छलफल गर्नुपर्ने  प्रस्तावमा माग गरिएको छ । उक्त प्रस्ताव कांगे्रसबाट निर्वाचित सांसद डा सङ्ग्रौला, देवप्रसाद तिमिल्सिना र रङ्गमती शाहीले दर्ता गराउनुभएको हो । 

यसैगरी कांग्रेसकै सांसद डा संग्रौला, हीरा गुरुङ र नमिताकुमारी चौधरीले महिला हिंसा नियन्त्रणका लागि विभिन्न व्यवस्था गर्नुपर्ने माग गर्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसँग सम्बन्धित सङ्कल्प पेश गर्ने अनुमतिका लागि सूचना दिनुभएको छ ।  

प्रस्तावमा हिंसापीडितलाई सेवा दिनका लागि सहायता कक्ष स्थापना गर्न, पीडितमाथि कुनै किसिमको दवाव वा यातना नदिनका लागि कम्तीमा एकपटक पीडितका घरमा प्रहरीलाई निरीक्षण गर्न लगाउन, पीडितलाई  संरक्षण गर्न घुम्ती मोबाइल टोलीको व्यवस्था प्रभावकारी बनाउन र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र प्रहरीसमेतको समन्वयमा पीडितलाई घाउ जाँच र स्वास्थ्योपचारको व्यवस्था गर्न माग गरिएको छ  ।