११ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढीपछि १३ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ३५१ जनाको हवाई उद्धार बाढी प्रभावित परिवारका लागि डिग्निटी किट र अन्तर्वस्त्र पठाइयो भोटेकोसी बाढी प्रभावितका लागि एनसेल फाउन्डेसनकाे रु. १ करोड सहयोग राहत शिविर व्यवस्थित बनाउन र सडक–विद्युत्–सञ्चार तत्काल सुचारु गर्न प्रधानमन्त्रीको निर्देशन भोटेकोशी बाढीले रसुवाका ४० किलोमिटर सडक क्षतिग्रस्त विपद्मा खटिने सुरक्षाकर्मीको भत्ता र खाजा खर्च बढाइने प्रधानमन्त्री राहत कोषमा लेयर्स कुखुरापालक सङ्घको १० लाख सहयोग भोटेकोशी बाढीः शिक्षण अस्पतालमा ३६ जनाको उपचार हुँदै नुवाकोटमा अधिकांश स्थानमा विद्युत् सेवा नियमित, रसुवामा पनि पुनःस्थापनाको तयारी राष्ट्रपति पौडेलद्वारा बाढीपीडितका लागि एक महिनाको पारिश्रमिक सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

माधव समूहको भेला जारी, पुराना कम्युनिष्ट नेताहरु पनि उपस्थित



अ+ अ-

ललितपुर । नेकपा एमालेको माधव नेपाल र झलनाथ खनाल समूहले आयोजना गरेको राष्ट्रिय भेला ललितपुरमा जारी रहेको छ । ललितपुरको हेरिटेज गार्डेन पार्टी प्यालेसमा केही समयअघि सो भेला सुरु भएको हो । यो भेला बिहीबारसम्म चल्ने कार्यक्रममा यसअघि ने तय भएको छ ।

भेलामा देशका प्राय सबै जिल्लाका नेता र कार्यकर्ताको उपस्तिथि रहेको छ । यो भेलाको अर्को एक आकर्षण नेकपाका पुराना कम्युनिस्ट नेताहरु हुन् । उनीहरु पनि यो समूहको भेलामा सहभागी भएका छन् ।

सो भेलामा पुराना कम्‍युनिस्ट नेताहरु मोहनचन्द्र अधिकारी, सिद्धिलाल सिंह, मोदनाथ प्रश्रित, कमल कोइराला, राधाकृष्ण मैनाली पनि उपस्थित भएका हुन् । उनीहरु सो भेलाको एक आकर्षण भएको यहाँ उपस्थित कार्यकर्ताहरुले बताएका छन् । 

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले आफ्नो समूहका बाहेक सबै नेताहरुको जिम्मेवारी खोसेपछि खनाल९नेपाल समूहले ओली समूहको सो निर्णयको विपक्षमा भेला आयोजना गरेको हो ।