• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

माधव समूहको भेला जारी, पुराना कम्युनिष्ट नेताहरु पनि उपस्थित



ललितपुर । नेकपा एमालेको माधव नेपाल र झलनाथ खनाल समूहले आयोजना गरेको राष्ट्रिय भेला ललितपुरमा जारी रहेको छ । ललितपुरको हेरिटेज गार्डेन पार्टी प्यालेसमा केही समयअघि सो भेला सुरु भएको हो । यो भेला बिहीबारसम्म चल्ने कार्यक्रममा यसअघि ने तय भएको छ ।

भेलामा देशका प्राय सबै जिल्लाका नेता र कार्यकर्ताको उपस्तिथि रहेको छ । यो भेलाको अर्को एक आकर्षण नेकपाका पुराना कम्युनिस्ट नेताहरु हुन् । उनीहरु पनि यो समूहको भेलामा सहभागी भएका छन् ।

सो भेलामा पुराना कम्‍युनिस्ट नेताहरु मोहनचन्द्र अधिकारी, सिद्धिलाल सिंह, मोदनाथ प्रश्रित, कमल कोइराला, राधाकृष्ण मैनाली पनि उपस्थित भएका हुन् । उनीहरु सो भेलाको एक आकर्षण भएको यहाँ उपस्थित कार्यकर्ताहरुले बताएका छन् । 

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले आफ्नो समूहका बाहेक सबै नेताहरुको जिम्मेवारी खोसेपछि खनाल९नेपाल समूहले ओली समूहको सो निर्णयको विपक्षमा भेला आयोजना गरेको हो ।