११ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढीपछि १३ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ३५१ जनाको हवाई उद्धार बाढी प्रभावित परिवारका लागि डिग्निटी किट र अन्तर्वस्त्र पठाइयो भोटेकोसी बाढी प्रभावितका लागि एनसेल फाउन्डेसनकाे रु. १ करोड सहयोग राहत शिविर व्यवस्थित बनाउन र सडक–विद्युत्–सञ्चार तत्काल सुचारु गर्न प्रधानमन्त्रीको निर्देशन भोटेकोशी बाढीले रसुवाका ४० किलोमिटर सडक क्षतिग्रस्त विपद्मा खटिने सुरक्षाकर्मीको भत्ता र खाजा खर्च बढाइने प्रधानमन्त्री राहत कोषमा लेयर्स कुखुरापालक सङ्घको १० लाख सहयोग भोटेकोशी बाढीः शिक्षण अस्पतालमा ३६ जनाको उपचार हुँदै नुवाकोटमा अधिकांश स्थानमा विद्युत् सेवा नियमित, रसुवामा पनि पुनःस्थापनाको तयारी राष्ट्रपति पौडेलद्वारा बाढीपीडितका लागि एक महिनाको पारिश्रमिक सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

माधवको आरोप- सबै समस्याको प्रमुख कारण केपी ओलीको अहंकार



अ+ अ-

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एमाले र नेपालको समग्र कम्युनिष्ट आन्दोलनमा नै अहिले देखिएको समस्याको प्रमुख कारण पार्टी अध्यक्ष केपी ओली भएको आरोप लगाउनुभएको छ । 

उहाँले भन्नुभयो, सबै समस्याको जड केपी ओली हुन्, उनको व्यक्तिवाद र कार्यशैलीमा देखिएको अहंकारले यो सबै भएको हो । 

आफूपक्षीय नेताहरुको राष्ट्रिय भेलालाई आज लतितपुरमा सम्बोधन गर्दै उनले केपी ओलीको अहंकार र व्यक्तिवाद, गुटगत मनोवृत्ति, भजन मण्डलीको चाहनाले पार्टीमा समस्या भएको बताए ।

नेकपा एकीकरणको घोषणा लगत्तै ओलीले पार्टी भित्र एकलौटी गर्न खोजेको अरोप माधव नेपालको छ । ओलीकै कारण एमाले र माओवादी केन्द्रबीचको एकता भाँडिएको पनि नेता नेपालले बताउनुभयो । 

उहाँले भन्नभुयो, पछिल्लो समयमा उहाँले पार्टी एकता अगाडि बढाउन नै चाहनुभएन, उहाँको आफै सबै हुँ भन्ने व्यक्तिवादी प्रवृत्तिले गर्दा यो सब समस्या भएको हो । 

नेता नेपालले ओलीले जबजको नारा लगाएर निरंकुश प्रवृत्ति देखाएको र आफ्नो गल्तीको दोष सधैंभरी अरुलाई थोपर्ने गरेको पनि बताउनुभयो ।