• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

माधवको आरोप- सबै समस्याको प्रमुख कारण केपी ओलीको अहंकार



काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एमाले र नेपालको समग्र कम्युनिष्ट आन्दोलनमा नै अहिले देखिएको समस्याको प्रमुख कारण पार्टी अध्यक्ष केपी ओली भएको आरोप लगाउनुभएको छ । 

उहाँले भन्नुभयो, सबै समस्याको जड केपी ओली हुन्, उनको व्यक्तिवाद र कार्यशैलीमा देखिएको अहंकारले यो सबै भएको हो । 

आफूपक्षीय नेताहरुको राष्ट्रिय भेलालाई आज लतितपुरमा सम्बोधन गर्दै उनले केपी ओलीको अहंकार र व्यक्तिवाद, गुटगत मनोवृत्ति, भजन मण्डलीको चाहनाले पार्टीमा समस्या भएको बताए ।

नेकपा एकीकरणको घोषणा लगत्तै ओलीले पार्टी भित्र एकलौटी गर्न खोजेको अरोप माधव नेपालको छ । ओलीकै कारण एमाले र माओवादी केन्द्रबीचको एकता भाँडिएको पनि नेता नेपालले बताउनुभयो । 

उहाँले भन्नभुयो, पछिल्लो समयमा उहाँले पार्टी एकता अगाडि बढाउन नै चाहनुभएन, उहाँको आफै सबै हुँ भन्ने व्यक्तिवादी प्रवृत्तिले गर्दा यो सब समस्या भएको हो । 

नेता नेपालले ओलीले जबजको नारा लगाएर निरंकुश प्रवृत्ति देखाएको र आफ्नो गल्तीको दोष सधैंभरी अरुलाई थोपर्ने गरेको पनि बताउनुभयो ।