२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै एक वर्षमा १६ लाख नेपालीले देश छाडे



फाईल फोटो
अ+ अ-

काठमाडौँ । सन् २०२३ मा १६ लाख भन्दा धेरै नेपालीले देश छाडेका छन् । अध्यागमन विभागले एक तथ्याङक जारी गर्दै वैदेशिक रोजगारीसहित विभिन्न प्रयोजनका लागि १२ महिनाको अवधिमा १६ लाख ३ हजार ८३६ जना बिदेसिएका जनाएको छ । जसमा ४ लाख ३२ हजार ५८४ जना महिला रहेका छन् भने ११ लाख ७१ हजार १८६ जना पुरुष रहेका छन् ।

विभागका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै वैदेशिक रोजगारीका लागि कुल ८ लाख ८ हजार ४१५ जना बाहिर गएका छन् ।पर्यटक भिसामा २ लाख ४ हजार ५१८ जना विदेशसिएका छन् भने पारिवारिक प्रयोजनका लागि १ लाख ६७ हजार ४८५ जना बाहिरीएका छन् ।

यस्तै, वैदेशिक अध्ययनका लागि एक वर्षको अवधिमा १ लाख ८ हजार ५४२ जना विदेशसिएका विभागले जनाएको छ । जसमा पुरुष ५९ हजार ९७८ र महिला ४८ हजार ५६२ जना रहेका छन् ।

अस्थायी आवासीय भ्रमणमा ९२ हजार ३४९ जना र स्थायी आवासीयमा कुल ७० हजार ९१५ जना बाहिरिएको विभागले तथ्याङ्कमा उल्लेख छ । कन्फ्रेन्स, सेमिनार र तालिममा २४ हजार २६३ जना, डिपेन्डेन्टमा २० हजार ६१३ जना र उपचारमा समेत १९ हजार जना भन्दा बढी बाहिरिएका छन् ।

त्यसैगरी, त्रिभुवन विमानस्थल हुँदै व्यापारका लागि १८ हजार ९६४, अफिसियल भिजिटका लागि १६ हजार १११, वैदेशिक रोजगारीकै लागि तर वर्क पर्मिट लिन नपर्नेहरू पनि ८ हजार ८६ जना बाहिरिएको विभागको तथ्याङ्कमा उल्लेख छ । युएन मिसनमा ६ हजार ५८, खेलकुद गतिविधिमा ३ हजार ६५३, कन्सर्ट तथा कार्यक्रममा ३ हजार ६५३ र अन्य ३२ हजार भन्दा धेरैले देश छोडेका छन् ।