![](https://newspolar.com/wp-content/uploads/2024/01/uml-gandaki-2.jpg)
काठमाडौं । राष्ट्रियसभा निर्वाचनका लागि गण्डकी प्रदेशमा नेकपा एमालेका उम्मेदवारले उमेदवारी दर्ता गराएका छन्।
प्रदेश निर्वाचन कार्यालय, गण्डकीमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर एमालेका ३ उम्मेदवारले उम्मेदवारी दर्ता गराएका हुन्।
अन्य क्लष्टरमा स्याङ्जाका चक्रबहादुर पराजुली, अल्पसंख्यकमा मुस्ताङका हेमन्त शेरचन र महिला क्लष्टरमा गोरखाकी सम्झना देवकोटालेले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
गण्डकीमा राष्ट्रियसभा निर्वाचनमा ६० जना प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख, उपप्रमुख १७० जना पनि मतदाताले मतदान गर्नेछन् ।