७ असार २०८३, आईतवार
,
Latest
इन्जुरी समयमा निर्णायक गोलसँगै जर्मनी नकआउट चरणमा पोखरा बसपार्कभित्रका ३२० सटर हटाइयो धवलागिरिका दुर्गम गाउँमा सडक सञ्जालको पहुँच बैंक तथा वित्तीय संस्थाले अब मेरोकिताबाटै सेवा लिनुपर्ने पञ्चकन्या मन्दिरमा गौमाता शिलामूर्ति अनावरण स्विडेनमाथि नेदरल्यान्ड्सको सानदार जित अन्नपूर्ण आधार शिविरमा पर्यटक खचाखच पार्टी पुनर्गठनसम्बन्धी सुझाव संकलन कार्यक्रम उत्साहपूर्ण: एमाले उपाध्यक्ष पौडेल रास्वपा महाधिवेशन: कांग्रेस, एमाले र नेकपाबाट दोस्रो तहका नेता राप्रपाबाट अध्यक्ष लिङ्देन सहभागी हुने कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले संसदीय दलको बैठक बस्दै



अ+ अ-

काठमाडौं । आज नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको बैठक आज बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेको संसदीय दलको नेताको हैसियतले आज (बिहीबार) संसदीय दलको बैठक बोलाउनुभएको हो । 

बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा बिहीबार बिहान ११ बजे दलको बैठक बोलाइएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो । पार्टीमा विवाद उत्पन्न भएका वेला संसदीय दललाई एकढिक्का बनाएर लैजानेतर्फ आफूहरूको ध्यान रहेको उहाँले बताउनुभयो । सूर्यचिह्नबाट निर्वाचन जितेका सबैलाई बोलाइएको उहाँले बताउनुभयो । 

‘सूर्य चुनाव चिह्नबाट चुनाव जितेका सबैलाई संसदीय दलको बैठकमा आमन्त्रण गरिएको छ’ भट्टराईले भन्नुभयो । बैठकमा माधव–झलनाथ पक्षका सांसदहरु जाने सम्भावना भने कम रहेको छ । माधव–झलनाथ पक्षले आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेला आज पनि रहेको छ ।