काठमाडौं । नेपाली कांग्रेस मोरङका पुराना नेता तथा पूर्व सांसद अशोक कोइरालाको निधन भएको छ ।
निमोनियाबाट पीडित कोइरालाको उपचारका क्रममा विराटनरको न्यूरो अस्पतालमा बुधबार राति मृत्यु भएको पारिवारिक श्रोतले बताएको छ ।
७७ वर्षीय कोइराला मोरङ कांग्रेसको १९ वर्ष सभापति थिए । उनी प्रजातन्त्र पुनःस्थापनापछि तत्कालीन विराटनगर उपमहानगरपालिकाका पहिला मेयर पनि हुन ।
उनी राष्ट्रिय सभा सदस्य र संविधान सभा सदस्य पनि भएका थिए । उनी हाल कांग्रेस महासमिति सदस्य थिए । कोइरालाको बिराटनगरस्थित सिङ्गीया घाटमा दाहसंस्कार गरिने बताइएको छ ।











