१७ भाद्र २०८३, बुधबार
,
Latest
तत्कालीन प्रमुख मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर नेपाल वनस्पति घ्यू तेल उत्पादक सङ्घद्वारा एक करोड एक लाख सहयोग गण्डकी प्रदेशको ऊर्जामन्त्रीमा देवकोटा नियुक्त भोटेकोशी बाढी पीडितलाई  विभिन्न सङ्घसंस्थाबाट ४६ लाख सहयोग नेपाल प्रहरी अस्पतालमा सम्पर्कविहीनका आफन्तले डिएनए प्रोफाइलिङ गर्नसक्ने काठमाडौँ विश्वविद्यालयको रजिस्ट्रारमा थापा नियुक्त राष्ट्रिय अनुसन्धान विभाग गृह मन्त्रालय मातहात नै राख्न सांसदहरुको सुझाव कांग्रेस केन्द्रीय कार्यसम्पादन बैठक भदौ २० गते एमाले अध्यक्ष ओलीद्वारा धादिङ र नुवाकोटका बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन (तस्बिरसहित) पहिरोका कारण अवरुद्ध तिब्बतको केरुङ नाका जोड्ने सडक पुनः सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनीमा एमालेले पहिला उम्मेदवारी दर्ता गराउने



अ+ अ-

बुटवल । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशमा नेकपा एमालेले पहिला उम्मेदवारी दर्ता गराउने भएको छ । उम्मेदवारी दर्ता गराउन एमालेले १२:३० देखि १:३० समय माग गरेको हो ।

त्यसपछि सत्ता गठबन्धनका नेपाली काङ्ग्रेस, माओवादी केन्द्रका उम्मेदवारले १:३० देखि २:३० सम्मको समय माग गरेका छन् । आयोगमा माग भएको समयअनुसार पहिला एमाले र त्यसपछि गठबन्धनका उम्मेदवारले मनोनयन दर्ता गराउने तयारी रहेको छ ।

लुम्बिनीमा एमालेकी तुलसा केसी र पाल्पाका झपेन्द्र जीसी उम्मेदवार छन् । यस्तै, माओवादीका झक्कु सुवेदी र काँग्रेसकी विष्णुकुमारी सापकोटा उम्मेदवार छन् ।