काठमाडौं । नेकपा एमाले (ओली पक्ष) का केन्द्रीय सदस्य तथा पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाले माधव नेपाल र झलनाथ खनाल पक्षबारे व्यङ्ग्य प्रहार गरेका छन् । उनले एमालेको खेतबारीमा नुन छर्न हिडेकाहरुले खेलिरहेको खेल चेस नभएर लुँडो खेल खेलिरहेको भन्दै व्यङ्ग्य प्रहार गरेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध नेपाल–खनाल पक्षले आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलाप्रति संकेत गर्दै उनले 'गन्तव्य भुलेर चौबाटोमा ठिङ्ग उभिएको यात्री नबन साथी हो।' पनि भनेका छन् ।
गोकुल बाँस्कोटाले यस्तो लेखेका छन्:
‘एमालेको खेतबारीमा नुन छर्न हिँडेकाहरुले खेलिरहेको खेल चेस हैन लुँडो हो,’ बिहीबार बिहान बाँस्कोटाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘गन्तव्य भुलेर चौबाटोमा ठिङ्ग उभिएको यात्री नबन साथी हो। हाम्रो त सुझाव हो के रेरु नमाने पनि केही छैन।’











