७ मंसिर २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिहीबार युके पाउण्ड स्ट्रलिङको विनिमयदर बढ्यो, हेर्नुहोस् कुन देशको कति ?



अ+ अ-

काठमाडौं । बिहीबार युके पाउण्ड स्ट्रलिङको भाउ केही पैसाले बढेको छ भने अमेरिकी डलरको स्थिर रहेको छ । अमेरिकी डलरसहित अन्य देशको भाउ पनि स्थिर रहेको छ । 

आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १५ रुपैयाँ ७८ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १६ रुपैयाँ ३८ पैसा तोकिएको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६१ रुपैयाँ १३ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६१ रुपैयाँ ९६ पैसा तोकिएको छ।  

त्यस्तै एक कतारी रियालको खरिददर ३१ रुपैयाँ ७९ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ९६ पैसा तोकिएको छ । एक साउदी रियालको खरिददर ३० रुपैयाँ ८७ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ३ पैसा तोकिएको छ । 

त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ८३ रुपैयाँ ५६ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८५ रुपैयाँ ५४ पैसा तोकिएको छ । एक बहराइन दिनारको खरिददर ३ सय ७ रुपैयाँ ०७ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८ रुपैयाँ ६६ पैसा तोकिएको छ । साथै जापानी यनको खरिददर १० रुपैयाँ ६२ पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ६७ पैसा तोकिएको छ ।