५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्षा र हिमपात नहुँदा जुम्लाका किसानले हिउँदेबाली लगाउन सकेन



file photo
अ+ अ-

जुम्ला । हिमाली जिल्ला जुम्लामा वर्षा र हिमपात नहुँदा हिउँदेबाली लगाउन अझै पाइएको छैन । हिउँदयाममा पानी नपरेकाले हिउँदे बालीअन्तर्गत गहुँ र जौकोखेती लगाउन नपाइएकोे तिला गाउँपालिका–१ किसान जयबहादुर बुढाले जानकारी दिनुभयो ।

आकाशे पानीकाभरमा रहेका रारावासी समयमा वर्षा नहुँदा हिउँदेखेती गर्न नपाइएला भन्ने चिन्ताले सताएको सोही ठाउँ निवासी सपुरा रावतको गुनासो थियो । सिँचाइ सुविधा नहुँदा राराका करिब दुई सय ८० घरले हिउँदेबाली लगाउन नपाएको वडाध्यक्ष जङ्गबहादुर बस्नेतले जानकारी दिनुभयो । गाउँमा रोजगारीको सम्भावना नहुँदा घरखर्च चलाउनका लागि भारत जानेको रारा गाउँका सङ्ख्या धैरे रहेको उहाँको भनाइ  ।

हिउँदयाम लागे पनि वर्षा र हिमपात हुन सकेको छैन । जिल्लाका कतिपय ठाउँमा पानी नपर्दा किसानले हिउँदेबाली लगाउन नसकेको कृषि विकास कार्यालयका सूचना अधिकारी शेरबहादुर भण्डारीले बताउनुभयो ।

हिउँदमा यहाँका उच्च ठाउँमा लगाइएका खेतीमा वर्षा नहुँदा बाली सुक्न थालेको सम्बद्ध किसानले बताए । जुम्लामा सबैभन्दा चिसो माइनस छ दशमलव छ डिग्री सेल्सियस तापक्रम रहेको हावापानी फिल्ड कार्यालयले जनाएको छ ।

गत वर्ष पुसको अन्तिम साता हिमपात भएकामा यस वर्ष वर्षा र हिमपात नभएपछि यहाँका किसानले लगाएको हिउँदेबालीको उत्पादनमा कमी आउने तातोपानी गाउँपालिकाका किसान सुनिता पाण्डेले जानकारी दिनुभयो ।

हिउँदेबाली लगाउने समयदेखि खडेरीका कारण लगाइएको बालीसमेत सुक्न थालेको छ । लामो समयसम्म परेको खडेरीले जिल्लामै गहुँ, जौलगायत बालीको उत्पादनमा निकै कमी हुने सिञ्जा गाउँपालिमा रहेको कृषि शाखाले जनाएको छ । रासस