२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

संवैधानिक परिषद् विधेयकमाथि संशोधनकर्ताको सुझाव



file photo
अ+ अ-

काठमाडौँ । राज्यव्यवस्था तथा सुशासन समितिले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयकमाथिका संशोधनकर्तासँग छलफल गरेको छ ।

समितिको आजको बैठकमा संशोधनकर्ताले संशोधन पेस गर्नु पर्नाका कारण र औचित्य पुष्ट्याइका लागि कोसिस गर्नुभयो । उक्त विधेयकमाथि आठ जना सदस्यले विभिन्न विषयमा संशोधन हाल्नुभएको थियो ।

बैठकमा सदस्य सुमना श्रेष्ठ, अर्जुननरसिंह केसी, सोविता गौतम, निशा डाँगी, प्रेम सुवाल, सुशीला थिङ र रघुजीपन्तले आ–आफनो संशोधन ठीक रहेको दलील पेस गर्दै संशोधन प्रस्तावका पक्षमा बैठकको समर्थन जुटाउने प्रयास गर्नुभयो ।

परिषद्को बैठक बोलाउनेसम्बन्धी कार्यविधि, वैठक सञ्चालन, बैठकका लागि आवश्यक गणपूरक सङ्ख्यका विषयमा संशोधन गर्न सरकारले विधेयक प्रस्तुत गरेको हो । बैठकमा सदस्य अर्जननरसिंह केसीले नाम जेभए पनि पछिल्लो समय संवैधानिक परिषद् नभइ भागबण्डा परिषद्मा परिणत भएको व्यङ्ग गर्नुभयो ।

केसीले भन्नुभयो, “परिषद् निरीह र लाचार बनेको छ, राज्यका संयन्त्रमा विधिविहीनता र दण्डहिनता मौलाएको छ, जनतामा देखिएका निराशा र आक्रोसलाई समयमै सम्बोधन गर्न सकिएन भने चुनौती खडा हुन्छ । प्रजातन्त्र भनेको प्रक्रियामात्रै नभई पद्धति पनि हो भन्ने सम्झनुपर्छ ।”

सांसद सोविता गौतमले प्रस्तावित विधेयकमा उल्लेख गरिएको गणपूरक सङ्ख्या र वैधानिकताको प्रश्नलाई निराकरण गर्न संशोधन प्रस्तुत गरेको जानकारी दिनुभयो । समिति सदस्य सुमना श्रेष्ठले क्षेत्राधिकार र ओजका हिसाबले निकै महत्वपूर्ण मानिएको संवैधानिक परिषद्का निर्णय राष्ट्रहितमा लागू गर्न र परिषद्को बैठकमा उपस्थित नहुने सदस्यलाई दण्ड जरिवानाको व्यवस्था गर्न आवश्यक रहेको तर्क गर्नुभयो ।

कानुनी रिक्तताको अवस्था र संविधानको भावनाबमोजिम बैठक सञ्चालन गर्न बहाल रहेका सबै सदस्य उपस्थित हुनुपर्ने र सर्वसम्मतिबाट निर्णय गर्ने परिपाटी विकास गर्न तथा त्यो कायम हुन नसकेमा अध्यक्ष र तत्काल बहाल रहेका कम्तीमा ५० प्रतिशत सदस्यको बहुमतबाट निर्णय गर्ने कार्यविधि तयार गर्न विधेयक प्रस्तुत गरिएको जानकारी दिइएको छ ।

यसअघि बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विधेयक पेस गर्नुपर्ने कारणबारे अघिल्लो बैठकमा प्रधानमन्त्रीबाट विधेयकको आवश्यकता र औचित्यबारे प्रस्तुति भइसकेको तथा विधेयकको उद्देश्य र कारणमा पनि त्यो विषय उल्लेख रहेको जानकारी दिनुभयो ।

मन्त्री शर्माले भन्नुभयो, “संवैधानिक परिषद्सम्बन्धी यो विधेयक अत्यन्तै आवश्यक छ । यो विधेयक समयमा पारित हुन नसक्दा परिषद्का काममा बाधा परेको छ । समितिले गम्भीरताकासाथ आवश्यकतालाई बोध गरी महत्व दिएर अघि बढ्नेछ ।”

समितिले विधेयकलाई राम्रोसँग अध्ययन गरी परिमार्जन गर्दै गुणस्तरीय बनाउने कानूनी अभ्यास रहेको बताउँदै उहाँले कार्यपालिकाको अधिकारलाई ध्यानमा राखेर विधेयकलाई निष्कर्षमा पुर्‍याउनेमा विश्वास व्यक्त गर्नुभयो । विधेयकमाथि गणपूरक सङ्ख्या र निर्णय प्रक्रियासँगसम्बन्धी मात्रै सरकारको चासो रहेको बताउँदै उहाँले परिषद्का सबै व्यवस्थालाई ध्यानमा राखेर सुझाव प्राप्त हुने धारणा राख्नुभयो । रासस