७ आश्विन २०८१, सोमबार
,
Latest
संसदीय समितिको टोलीद्वारा नेपाल ट्रष्टको जग्गा र शैक्षिक संस्था निरीक्षण मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीर अस्पतालमा भर्ना मानव बेचबिखनको फेरियो शैली, बढ्यो जोखिम धनुषामा हिरासतबाट फरारमध्ये चार थुनुवा पक्राउ पोखरामा रास्वपा कार्यकर्ताहरुको विरोध प्रदर्शन काभा महिला क्लव च्याम्पियनसिपको उपाधि जितेको नेपाल पुलिस क्लबलाई भव्य स्वागत भाषा,साहित्य र संस्कृति मानव जीवनका लागि अपरिहार्य: राष्ट्रपति प्रहरी महानिरीक्षक कुँवर ग्रीस प्रस्थान परराष्ट्रमन्त्री डा राणाद्वारा विभिन्न देशका विदेशमन्त्रीसँग भेटवार्ता मिथिला क्षेत्रमा आजदेखि ‘जितिया पर्व’ शुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले संसदीय बैठक सकियो, ११८ सांसद उपस्थित, बोर्डमा नेपाल र खनाल पनि



अ+ अ-

काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक नेताहरु माधव कुमार नेपाल र झलनाथ खनाल सहित २७ सदस्य रहेको संसदीय बोर्ड गठन गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक  बोर्डका अध्यक्षमा प्रधानमन्त्री केपी ओली सहित नेता नेपाल खनाल सहित लगायतका सांसदलाई समेटिएको छ । बोर्डका सदस्यहरुमा उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी, रघुवीर महासेठ, शेरबहादुर तामाङ, भुपेन्द्र थापा, खेम लोहनी, सरिता दाहाल, विमला विक,सुमन प्याकुरेल, विमला राई पौडेल, बिन्दा पाण्डे, राधा ज्ञवाली, दामोदर भण्डारी, विद्या भट्टराई, रेखा झा, नारदमुनी राना, मोहन वानिया र राजेन्द्र राई रहनु भएको छ ।  

आजको बैठकमा प्रतिनिधिसभाका ९४ र राष्ट्रिय सभाका २४ जना सांसद उपस्थित रहेको सांसद सूर्य पाठकले न्यूजपोलारलाई जानकारी दिनुभयो ।  उहाँका अनुसार अब शनिबार बस्ने बैठकमा लगभग सबै सासदहरु उपस्थित हुने छन् ।

आजको बैठकमा सांसदहरु नेपाल–खनाल पक्षमा रहेका सांसदहरु जान खोजे पनि शीर्ष नेताहरुले अर्को बैठकमा जाउला भन्दै रोकेको र शनिबारको बैठकमा उपस्थित हुने हेरिटेज गार्डेनमा रहेका एक सांसदले जानकारी दिनुभयो ।