१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियसभा सदस्य सिट बाँडफाँटको टुङ्गो लगाउन बालुवाटारमा चार दलको बैठक सुरु



फाईल फोटो
अ+ अ-

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँट टुङ्ग्याउन प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा चार दलको बैठक सुरु भएको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसहित चार दलका नेताहरू सहभागी रहनु भएको छ ।

यसअघि शनिबार अबेरसम्म बसेको बैठकमा कांग्रेसले १०, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र जसपाले १ सिट लिने गरी तयार पारिएको सिट बाँडफाटको खाकामा एकीकृत समाजवादीले असन्तुष्टि जनाएपछि आज पुन: छलफल अघि बढाईएको हो ।