• २ जेष्ठ २०८१, बुधबार
  •      Wed May 15 2024
  •   Unicode
Logo
Latest
★   मुस्लिम संघबाट हजयात्रीको बिदाई ★   गृहको कडा एक्सनसँगै सशस्त्र प्रहरीद्वारा दुई महिनामा ५२ किलो सुन बरामद, राजस्व संकलनमा पनि वृद्धि ★   हज का लागि पहिलो टोली साउदी अरब प्रस्थान फोटो फिचर ★   जसपा आधिकारिकता विवादः आयोगको निर्णय यथास्थितिमा राख्ने आदेश ★   घट्यो पेट्रोल ,डिजेल र मट्टितेलको मुल्य ★   क्यानले गर्यो सन्दीपको निलम्बन फुकुवा, टी–२० विश्वकप खेल्ने बाटो खुला ★   सन्दीपलाई विश्वकप खेल्न पठाउने क्यानको तयारी ★   मलाई न्याय दिनुभएकोमा न्यायमूर्तिहरुप्रति आभारी छु – सन्दीप लामिछाने ★   उपप्रधानमन्त्री लामिछानेलाई संसदमा बोल्न दिन काँग्रेसमाथि सत्तारुढ प्रमुख तीन दलको दबाब ★   जिल्ला अदालतको फैसला उच्चले उल्टायो, सन्दीप लामिछाने निर्दोष ठहर

उपराष्ट्रपति यादव र चिनियाँ प्रतिनिधिमण्डलबीच शिष्टाचार भेटघाट



काठमाडौँ : चिनियाँ कम्युनिष्ट पार्टी युनान प्रान्तको पार्टी स्थायी कमिटीका उपसचिव शि युगाङको नेतृत्वमा नेपाल भ्रमणमा रहेको चिनियाँ प्रतिनिधिमण्डलले उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग आज हरितगृह लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटघाट गरेको छ ।

त्यस अवसरमा उपराष्ट्रपति यादव र उपसचिव युगाङबीच दुई मुलुकबीचको द्विपक्षीय सम्बन्ध, भ्रमण, सहयोग, व्यापार तथा पर्यटनलगायतका विविध आयामका विषयमा संवाद भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ । उपराष्ट्रपति यादवले नेपाल र चीनबीच सदियौँदेखि रहिआएको सौहार्दपूर्ण एवं अति घनिष्ट सम्बन्ध हालैका वर्षहरूमा बहुआयामिक क्षेत्रमा अझ व्यापक, थप घनिष्ट र अरु उच्च बनेकामा खुसी व्यक्त गर्नुभएको थियो ।

उहाँले भन्नुभयो, “नेपाल र युनानका भौगोलिक तथा सामाजिक र सांस्कृतिक विशेषतामा धेरै समानता छ, नेपाल र युनानबीचको सम्बन्ध हालका वर्षहरूमा व्यापार, लगानी, संस्कृति, शैक्षिक आदान–प्रदान र जनताबीचको सम्बन्धमा निरन्तर बढ्दै गएकामा खुसी व्यक्त गर्दछु ।”

उपराष्ट्रपति यादवले चीन नेपालको प्रमुख एवं लामो समयदेखिको विकास साझेदार रहँदै झण्डै सात दशकयता नेपालको विकासमा पुर्याउँदै आएको सहयोगका लागि धन्यवादसमेत व्यक्त गर्नुभयो ।

चिनियाँ कम्युनिष्ट पार्टी, युनान प्रान्तको पार्टी स्थायी कमिटीका उपसचिव महामहिम शि युगाङले सन् २०२४ मा चिनियाँ उच्च प्रतिनिधिमण्डलले नेपालबाटै आफ्नो भ्रमण सुरु गरेको जनाउँदै नेपाललाई विशेष महत्व दिएरै यो सम्भव भएको बताउनुभएको थियो ।रासस