काठमाडौं । नेपाल बार एसोसिएसनले न्यायपरिषद् सदस्य रामप्रसाद श्रेष्ठप्रति ‘विश्वास नभएको’ निष्कर्ष निकालेको छ ।
छलफलका लागि डाकेको बैठकमा नआएपछि बारले यस्तो निष्कर्ष निकालेको जनाएको छ । श्रेष्ठ नेपाल बारएसोसिएसनको सिफारिसमा न्याय परिषद् सदस्यमा नियुक्त हुनु भएको थियो ।
पछिल्लो समय न्याय परिषद्मा भएका निर्णहरूमाथि श्रेष्ठले बारसँग कुनै सल्लाह नगर्ने, बारको चासो नराख्ने, आफूखुशी चल्ने र न्यायापालिकाको अहित हुने निर्णयमा साक्षी बनेको आरोप लगाउँदै बारले श्रेष्ठप्रति विश्वास नरहेको भन्दै शुक्रबार बसेको कार्यसमिति बैठकले राजीनामा दिन दबाब दिने उद्देश्यले ‘विश्वास नभएको’ निष्कर्ष निकालेको हो ।