१९ आश्विन २०८१, शनिबार
,
Latest
१३२ युनिट डेलिभरीका साथ बीवाईडीले हासिल ग-यो महत्वपूर्ण उपलब्धि इरानको तेल साइटमा आक्रमण नगर्न इजरायललाई राष्ट्रपति बाइडेनको चेतावनी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषको ५१ लाख सहयोग नवरात्रको तेस्रो दिन आज शक्तिपीठमा भक्तजनको घुइँचो पर्यटकको रोजाइमा म्याग्दीको टोड्के सुनसहित हेटौँडाबाट दुई भारतीय नागरिक पक्राउ पहिरोमा परी ज्यान गुमाउनेका परिवारलाई घरमै पुगेर राहत वितरण ललितपुरका बाढीपीडितलाई महामारीको चिन्ता च्याङ्ग्रा व्यापारीको यात्रा: रारादेखि फेवा तालसम्म बाढी, पहिरो प्रभावितको पीडा: ‘न बस्ने बासको ठेगान छ, न छ खाने गासको’
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यायपरिषद् सदस्य रामप्रसाद श्रेष्ठलाई राजीनामा दिन बारको दबाब



अ+ अ-

काठमाडौं । नेपाल बार एसोसिएसनले न्यायपरिषद् सदस्य रामप्रसाद श्रेष्ठप्रति ‘विश्वास नभएको’ निष्कर्ष निकालेको छ ।

छलफलका लागि डाकेको बैठकमा नआएपछि बारले यस्तो निष्कर्ष निकालेको जनाएको छ । श्रेष्ठ नेपाल बारएसोसिएसनको सिफारिसमा न्याय परिषद् सदस्यमा नियुक्त हुनु भएको थियो ।

पछिल्लो समय न्याय परिषद्‌मा भएका निर्णहरूमाथि श्रेष्ठले बारसँग कुनै सल्लाह नगर्ने, बारको चासो नराख्ने, आफूखुशी चल्ने र न्यायापालिकाको अहित हुने निर्णयमा साक्षी बनेको आरोप लगाउँदै बारले श्रेष्ठप्रति विश्वास नरहेको भन्दै शुक्रबार बसेको कार्यसमिति बैठकले राजीनामा दिन दबाब दिने उद्देश्यले ‘विश्वास नभएको’ निष्कर्ष निकालेको हो ।