२५ भाद्र २०८३, बिहीबार
,
Latest
नर्वेका जनप्रिय राजा हेराल्ड पाँचौँलाई आँसु र राजकीय सम्मानका साथ बिदाइ यमनमा फेरि युद्ध भड्कियो – बाब अल-मन्दाब क्षेत्रमा भीषण भिडन्त टर्कीको अन्टाल्यामा भीषण डढेलो, एकको मृत्यु, २५० घर खाली गराइयो तरकारीको विषादी परीक्षण बढाइँदै सेतीबाढीपीडितले पठाए भोटेकोशी पीडितलाई सहयोग भोटेकोशी बाढी : ‘डिएनए’ परीक्षण तीव्र नेपाल नेत्रज्योति सङ्घद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ४१ लाख भन्दा बढी सहयोग तनहुँमा एक वर्षमा २२ किलोमिटर सडक कालोपत्र जेनजी आन्दोलनको एक वर्षः परराष्ट्र नीतिलाई प्रभावकारी बनाउँदै सरकार एसिसी प्रिमियर कपः नेपाल ओमानसँग खेल्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

धोनी ठगिए, उनका साथीले नै गरे १५ करोड ठगी !



अ+ अ-

एजेन्सी । भारतीय क्रिकेट टोलीका पूर्व कप्तान महेन्द्र सिंह धोनीलाई उनका व्यापारिक साझेदार तथा पूर्व रणजी खेलाडी मिहिर दिवाकरले १५ करोड रुपैयाँ ठगी गरेका छन् ।

यस सम्बन्धमा धोनीका वकिल दयानन्द सिंहले मिहिरलाई दुई पटक नोटिस पठाएका थिए तर सन्तोषजनक जवाफ नपाएपछि धोनीले मिहिर र सौम्या विश्वासविरुद्ध राँची अदालतमा आपराधिक मुद्दा दायर गरेका छन् ।

मिहिर र सौम्याले अरका स्पोर्ट्स म्यानेजमेन्ट नामक कम्पनी चलाउँछन्, जससँग धोनीले सन् २०१७ मा क्रिकेट एकेडेमी खोल्नका लागि देश र विदेशमा क्रिकेट प्रवद्र्धन गर्ने सम्झौता गरेका थिए । धोनीको तर्फबाट मिहिरले सम्झौताका सर्तहरूमा अडिग नभएको बताएको छ ।

मिहिरले ठगी गलत भएको बताए
यसैबीच मिहिर दिवाकरले महेन्द्र सिंह धोनीलाई धोका दिने सोच पूर्णतया गलत भएको बताएका छन् । ‘भनिएका कुराहरु निराधार छन् र मेरो सामाजिक प्रतिष्ठामा आँच पुर्याउने षड्यन्त्र हो । धोनीले मलाई क्रिकेट एकेडेमी चलाउने अधिकार दिएका थिए र यो रद्द गरिएको छैन । यसअघि उनीहरूले मलाई कानुनी सूचना पठाएका थिए, जसको मैले उचित जवाफ दिएको छु ।’ उनले भने ।

अन्तर्राष्ट्रिय क्रिकेटमा व्यस्तताका कारण धोनीले एकेडेमीमा पूर्ण ध्यान दिन सकेका छैनन् । यसैबीच मिहिरले सर्त तोडेर धेरै गल्ती गरे । एकेडेमीबाट हुने मुनाफाको जानकारी धोनीबाट लुकाइएको आरोप छ । वास्तवमा, अरका स्पोर्ट्स कम्पनीले फ्रेन्चाइज शुल्क तिर्नुपर्ने थियो ।

साथै, सम्झौता अनुसार, नाफा आपसमा बाँडफाँड गर्ने थियो, तर मिहिर र सौम्याले आर्थिक अनियमितता गरेको थाहा पाएपछि महेन्द्र सिंह धोनीले १५ अगस्त २०२१ मा अरका स्पोर्ट्सबाट अख्तियारी पत्र फिर्ता लिए । यसपछि धोनीले मिहिर र सौम्यालाई धेरै कानूनी नोटिस पठाए तर दुवैले कुनै प्रतिक्रिया दिएनन् ।