५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एशिया कपको खराब पक्ष बिर्सेर विश्वकप खेल्छौं– कप्तान देव खनाल



अ+ अ-

काठमाडौँ । नेपाली यु–१९ क्रिकेट टोलीका कप्तान देव खनालले एशिया कपको खराब पक्ष बिर्सेर आगामी आइसिसी युु–१९ विश्वकपमा राम्रो नतिजा निकाल्ने विश्वास व्यक्त गर्नुभएको छ ।

नेपाली युवा टोलीले दक्षिण अफ्रिकाका हुने आइसिसी यु–१९ विश्वकप खेल्दैछ । सो विश्वकप खेल्न जाने नेपाली युवा टोलीको बिदाई कार्यक्रममा शुक्रवार कप्तान देवले एशिया कपमा गरेको खराब प्रदर्शनलाई बिर्सेर आगामी विश्वकपमा सुखद् नतिजा ल्याउने आशा गर्नुभयो । आगामी खेलमा राम्रो प्रदर्शन गर्नेमा सबै सहकर्मी तयार रहेको उहाँको विश्वास छ । उहाँले नेपाली टोलीको लक्ष्य सुपर आठमा पुग्ने बताउनु भयो ।

यस पटक यु–१९ विश्वकप दक्षिण अफ्रिकामा आगामी जनवरी १९ देखी फेब्रुअरी ११ सम्म हुँदैछ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रवार उक्त विश्वकप खेल्न जाने सो टोली टोलीको बिदाइ गरेको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ र क्यानका अध्यक्ष चतुरबहादुर चन्दलगायतले उक्त टोलीलाई बिदाई गर्नुभयो । सो अवसरमा युवा टोलीका कप्तान देवले प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको सञ्चालन भएकाले आवश्यक मात्र प्रशिक्षण गर्न नपाएको उल्लेख गर्दै विदेशी टोलीसँग पनि अभ्यास खेलको अभाव भएको दुखेसो गर्नुभयो । यद्यपि, क्यानले आयोजना गरेको एक हप्ते हाइपर्फमेन्स क्याम्पबाट केही उपलब्धि प्राप्त भएको कप्तान देवको भनाइ छ ।

नेपालले आइसिसी एशिया छनोटमा घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) लाई हराउँदै विश्वकपमा स्थान बनाएको थियो । यस विश्वकपमा नेपाल समूह ‘डी’ मा छ । सो समूहमा अफगानिस्तान, पाकिस्तान र न्युजिल्याण्ड छन् । अर्को समूह ‘ए’ मा भारत, बंगलादेश, आयरल्याण्ड र अमेरिका तथा समूह ‘बी’ मा इङ्ल्याण्ड, दक्षिण अफ्रिका, वेस्ट इण्डिज र स्कटल्याण्ड छन् । समूह ‘सी’ मा अस्ट्रेलिया, श्रीलंका, जिम्बावे र नामिबिया छन् । नेपालले जनवरी २१ मा न्युजिल्याण्डसँग खेल्दै विश्वकप यात्रा शुरु गर्नेछ । त्यसपछि नेपालले जनवरी २४ मा पाकिस्तान र २७ मा अफगानिस्तानसँग खेल्ने तय छ । नेपाली टोलीको प्रशिक्षणमा जगत टमटा छन् । प्रशिक्षक टमटाले शारीरिक र मानसिक रूपमा आफ्नो टोली दक्षिण अफ्रिकामा चुनौती प्रश्तुत गर्ने तयार रहेको बताउनु भयो । यहाँसम्म पुग्दा धेरै मिहिनत गरेको उल्लेख गर्दै प्रशिक्षक टमटाले राम्रो क्रिकेट खेलेर फर्कने आशा व्यक्त गर्नुभयो ।

राखेपका सदस्यसचिव टंकलाल घिसिङले टिममा राम्रो क्षमता भएकाले नै विश्वकप खेल्न सक्षम भएको उल्लेख गर्दै सो लयलाई विश्वकपमा पनि जारी राख्नेमा आफू आशावादी रहेको बताउनु भयो । टिम एकता नै टोलीको सफलताको आधार रहेको उल्लेख गर्दै घिसिङले विश्वकपमा राम्रो खेल्नेमा आफू विश्वस्त रहेको बताउनु भयो ।

क्यानले बिहीबार देवको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको थिया । देवको कप्तानीमा रहेको नेपाली टोलीमा गुल्सनकुमार झा, दीपकप्रसाद डुम्रे, अर्जुन कुमाल, आकाश त्रिपाठी, दुर्गेश गुप्ता, विशालविक्रम केसी, दीपक बोहरा, सुवास भण्डारी, दीपेशप्रसाद कँडेल, उत्तम थापामगर, दीपक बोहरा, विपिन रावल, तिलकराज भण्डारी र आकाश चन्द छन् ।