४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

भृकुटीमण्डपमा ९ औँ नेपाल वुड अन्तर्राष्ट्रिय एक्स्पो, आईतवारसम्म चल्ने



अ+ अ-

काठमाडौँ । ९ औँ नेपाल वुड अन्तर्राष्ट्रिय एक्स्पो शुरु भएको छ ।

शुक्रवारबाट काठमाडौंको भृकुटीमण्डपमा तीन दिने मेला सञ्चालन भएको हो । मेलामा विभिन्न देशहरुबाट ८० कम्पनीका स्टलहरु रहेका छन् । मिडिया स्पेस सोलुसन्स प्रा.लि. नेपाल र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेण्ट्स प्रा.लि. भारतको संयुक्त आयोजनामा मेला सञ्चालन गरिएको हो ।

८० कम्पनीहरुले १५० भन्दा बढी ब्राण्डका सामानहरु प्रदर्शनीमा राखेको मिडिया स्पेस सोलुसन्स प्रा.लि.का प्रवन्ध निर्देशक सिर्जल भट्टराईले बताउनु भयो । उहाँले मेलामा २५ हजार जनाले अवलोकन गर्ने अपेक्षा राखेको बताउनु भयो । उहाँकाअनुसार मेला अवलोकन गर्नेहरुका लागि नि:शुल्क प्रवेशको व्यवस्था गरिएको छ । साथै मेला बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुनेछ । मेलामा नेपाल, भारत, चीन, मलेसिया, इटाली लगायत देशका कम्पनीका स्टलहरु रहेको प्रवन्ध निर्देशक भट्टराईले बताउनु भयो । मेलामा बजारका भन्दा फरक र नयाँ सामग्रीहरु हेर्न र किन्न पाइने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘९ औँ नेपाल वुड अन्तर्राष्ट्रिय एक्स्पो विगत ८ वर्षदेखि मिडिया स्पेस सोलुसन्स प्रा.लि. नेपाल र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेण्ट्स प्रा.लि. भारतले सहकार्य गर्दै आइरहेका छौँ । यसको नवौं संस्करण पुसको २० गते शुरु भइ २२ गतेसम्म सञ्चालन हुनेछ । आजबाट अर्को दुई दिन सञ्चालन हुनेछ । यसमा लगभग ८० कम्पनीका स्टलहरु राखेका हुन्छौँ । जसमा उनीहरुले १५० भन्दा बढी ब्राण्डका सामानहरु दखाइरहेका छाँै । यसमा नेपाल, भारत, चाइना, मलेसिया लगायत, इटालीका कम्पनीका स्टलहरु पनि छन् । विगतको अनुभवको हिसावले यो ३ दिने प्रदर्शनीमा २० देखि २५ हजार जनाले अवलोकन गर्नुहुनेछ भन्ने अनुमान लगाएका छौँ । आउने सबैलाई नि:शुल्क व्यवस्था गरेका छौँ । यो बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुनेछ । बिजनेस भिजिटर्स र आवश्यक सामग्री चाहिने इक्वीपमेण्टहरु किन्न र बुझ्नका लागि आउनुहुनेछ । बजारमा भन्दा यहाँ नयाँ कुराहरु हेर्न पाइन्छ । भर्खरै लामिनेटहरुको फ्याक्ट्रीहरुको बारेमा बुझ्न र किन्न सक्नुहुन्छ । नेपालमा भएको काष्ठ उद्योगलाई प्रवद्र्धन गर्नुपर्छ । हामीसँग टेक्नोलोजी छैन । यहाँ हेर्दा पनि ८० कम्पनीमा ४५ वटा कम्पनी नेपाल बाहिरका छन् ।’

उहाँले नेपालमा भएको काष्ठ उद्योगलाई प्रवद्र्धन गर्न मेलाले महत्वपूर्ण भुमिका खेल्ने बताउनु भयो । मेलाले नेपाल र विदेशी कम्पनीहरुले पनि आफ्नो बजार बिस्तार गर्ने अवसरका रुपमा भ्ुमिका खेल्ने बताउनु भयो । मेलामा आएका विदेशी कम्पनीहरुबाट उत्पादित सामग्रीहरु नेपालमा उत्पादन गर्नका लागि जानकारी मिल्ने बताउनु भयो । रासस