२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानमा भूकम्पका कारण ९२ जनाको मृत्यु, २४२ बेपत्ता



अ+ अ-

एजेन्सी । मध्य जापानको इशिकावा प्रिफेक्चरमा ७.६ म्याग्निच्युडको भूकम्प गएको चार दिनमा मृतकको सङ्ख्या ९२ पुगेको छ ।

साथै २४२ जना बेपत्ता भएको विवरण सार्वजनिक गरिएको छ । सो क्षेत्रका आसपासमा थप क्षति हुने चिन्ता बढेको र खोजी कार्य तिब्र बनाइएको बताइएको छ । स्थानीय समय अनुसार शुक्रबार बिहान ९ बजेसम्म इशिकावामा २४२ जना बेपत्ता भएको राष्ट्रिय समाचार एजेन्सी क्योडोले प्रीफेक्चरल अधिकारीहरूलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ ।

भूकम्पपछि सबैभन्दा बढी प्रभावित तटीय शहर वाजिमामा अझै पनि ४० भन्दा बढी मानिस पुरिएको र भत्केको संरचनामा फसेको बताइएको छ । जापानी आत्मरक्षा बलहरूले लगभग ४६ हजार कर्मचारीहरू संलग्न भएका, प्रहरी र दमकल विभागहरूसँग मिलेर बेपत्ताहरूको खोजी र सुरक्षाको पुष्टि गर्नका लागि आफ्नो प्रयासहरू बिस्तार गरेका छन् । क्योडोले जापानको भूस्थानिक सूचना प्राधिकरणको पछिल्लो अनुमानलाई उद्धृत गर्दै, वाजिमा शहरको केन्द्रमा भुइँचालोको क्रममा ठूलो आगलागी भएपछि ४.५ फुटबल मैदान बराबरको करिव ४८ हजार वर्ग मिटर क्षेत्रफल नष्ट भएको छ ।

१० भन्दा बढी स्थानमा पहिरोका कारण सडक अवरुद्ध भएको अवस्थामा अत्यावश्यक सामग्रीको डेलिभरी चुनौती बनेको छ । सोमबार इशिकावाको नोटो क्षेत्रमा ७.६ म्याग्निच्युडको ठूलो भूकम्प गएको थियो । जापान मौसम विज्ञान एजेन्सीले आधिकारिक रूपमा यसलाई २०२४ नोटो प्रायद्वीप भूकम्पको नाम दिएको छ ।