२५ भाद्र २०८३, बिहीबार
,
Latest
नर्वेका जनप्रिय राजा हेराल्ड पाँचौँलाई आँसु र राजकीय सम्मानका साथ बिदाइ यमनमा फेरि युद्ध भड्कियो – बाब अल-मन्दाब क्षेत्रमा भीषण भिडन्त टर्कीको अन्टाल्यामा भीषण डढेलो, एकको मृत्यु, २५० घर खाली गराइयो तरकारीको विषादी परीक्षण बढाइँदै सेतीबाढीपीडितले पठाए भोटेकोशी पीडितलाई सहयोग भोटेकोशी बाढी : ‘डिएनए’ परीक्षण तीव्र नेपाल नेत्रज्योति सङ्घद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ४१ लाख भन्दा बढी सहयोग तनहुँमा एक वर्षमा २२ किलोमिटर सडक कालोपत्र जेनजी आन्दोलनको एक वर्षः परराष्ट्र नीतिलाई प्रभावकारी बनाउँदै सरकार एसिसी प्रिमियर कपः नेपाल ओमानसँग खेल्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

डेभिड वार्नरको चोरी भएको झोला भेटियो



अ+ अ-

एजेन्सी । अष्ट्रेलियाका ओपनर डेभिड वार्नरको ब्यागी ग्रीन क्याप (झोला) अन्तिम टेस्ट सकिन अघि नै प्राप्त भएको छ । वार्नरले चार दिनअघि सिड्नीमा आफ्नो ग्रीन क्याप गुमाएका थिए । उनले फिर्ताको माग गरेका थिए ।

वार्नरको ब्यागी ग्रीन क्याप टिम होटलमा भेटिएको थियो । तर, त्यो झोला कसरी त्यहाँ पुग्यो कसैलाई थाहा छैन । वार्नरले शुक्रबार बिहान इन्स्टाग्राममा एक भिडियो पोस्ट गर्दै ब्यागी ग्रीन क्याप प्राप्त भएको जानकारी दिए । भिडियो पोस्ट गर्दै उनले लेखेका छन्– ‘खोजीमा संलग्न व्यक्तिहरूलाई धन्यवाद ।’

पोस्ट गरिएको भिडियोमा वार्नरले भने – सबैलाई नमस्कार, मेरो ब्यागी फेला परेको कुरा सबैलाई बताउन पाउँदा म खुसी र राहत महसुस गरिरहेको छु । प्रत्येक क्रिकेटरलाई थाहा छ कि क्याप मेरो लागि कति विशेष छ र म यसलाई मेरो बाँकी जीवनको लागि कदर गर्नेछु ।’

अष्ट्रेलियाली क्रिकेट टोलीका प्रवक्ताले झोला होटलमा भेटिएको बताए । त्यसभित्र सबै वस्तुहरू थिए । सीसीटीभी फुटेजबाट पनि झोला कसले लिएको हो र कसले यहाँ राखेको हो थाहा हुन सकेको छैन ।

पाकिस्तान र अस्ट्रेलियाबीचको तीन टेस्टको सिरिजको अन्तिम खेल जनवरी ३ तारिखदेखि सिड्नीमा जारी छ । खेल सुरु हुनुअघि वार्नरले इन्स्टाग्राम पोस्टमार्फत आफ्नो ब्यागी ग्रीन क्याप गुमाएको जानकारी दिएका थिए । फिर्ता गर्न माग गरेका थिए । यो वार्नरको करियरको अन्तिम टेस्ट खेल हो । उनले खेलअघि नै सन्यासको घोषणा गरेका थिए ।

वार्नरले टी–२० मा ध्यान दिनको लागि एकदिवसीय र टेस्टबाट सन्यासको घोषणा गरेका छन् । उनी जुनमा वेस्ट इन्डिज र अमेरिकामा हुने टी–२० विश्वकपमा अष्ट्रेलियाको टोलीमा सहभागी हुन सक्छन् । यससँगै उनले पाकिस्तानविरुद्धको टेस्ट सिरिज सकिएपछि बिग ब्यासमा सिड्नी थन्डरका लागि कम्तिमा चार खेल खेल्नेछन् । यसपछि उनले दुबई क्यापिटल्सबाट आईएलटी२०खेल्न सक्नेछन् । उनले आईएलटी २० लिग खेल्न क्रिकेट अष्ट्रेलियासँग एनओसी मागेका छन् । दुबई टोलीको पहिलो खेल २१ जनवरीमा हुनेछ ।