• १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
  •   Unicode
Logo
Latest
★   दुर्घटनाका घाइते भन्छन्- गाडी पार्किङ गर्न खोज्दा पल्टियो ★   टी–२० विश्वकपका लागि अन्तिम टोली आजै घोषणा गर्ने भारतको तयारी ★   उपनिर्वाचनले एमाले जनताको भरपर्दो राजनीतिक शक्ति हो भन्ने पुष्टि गर्‍यो: विष्णु रिमाल ★   ‘सिधा कुरा’माथि सर्वोच्चको आदेशलाई लिएर पत्रकार महासंघको चासो ★   कोलम्बिया सेनाको हेलिकप्टर दुर्घटना हुँदा नौ सैनिकको मृत्यु ★   गोदावरीमा डढेलो निभाउने क्रममा दुई जना घाइते ★   नेपालसँगै एकै समूहमा रहेको दक्षिण अफ्रिकाको विश्वकप खेल्ने बलियो टोली घोषणा ★   विविधतायुक्त पहिचान हाम्रो साझा सम्पत्ति , इलामको निर्वाचनमा यही भावना प्रतिबिम्बित भयो ★   दुना टपरी उद्योगबाट आत्मनिर्भर हुने प्रयास ★   मिलनले दिए सुहाङलाई बधाई

कथित जनयुद्ध नेपाललाई कमजोर बनाई भारतीय स्वार्थ अनुसार हिड्न बाध्य पार्नु रहेछ: भीम रावल



फाईल फोटो

काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले कथित जनयुद्ध नेपाललाई कमजोर बनाई भारतीय स्वार्थ अनुसार हिड्न बाध्य पार्नु रहेछ भन्ने टिप्पणी गर्नुभएको छ ।

भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणको क्रममा बिहीबार काठमाडौंमा भएको सम्झौता बारे नेता राबलले यस्तो टिप्पणी गर्नुभएको हो ।

उहाँले नेपाललाई भारतको उपनिवेश बनाउने कृत्यले सम्झौता गरिएको भन्दै उनले सशक्त रूपमा यसको निन्दा र विरोध गर्न आग्रह पनि आग्रह गर्नुभएको छ ।

उहाँले लेख्नु भएको छ –

विदेश भक्तिको कांग्रेसी परम्परा र भारतको स्वार्थ अनुसार काम गर्न कथित जनयुद्धको बेला भारतीय शासकहरूका सामु पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गरेको कागजको गठजोडबाट नेपालमा भारतले आफुखुशी २० करोडका आयोजना संचालन गर्नपाउने कुकृत्य भारतीय विदेशमन्त्री एस् जयशंकरको नेपाल भ्रमणको बेला गरिएको सम्झौतामा उदांग भएको छ।नेपाललाई भारतको उपनिवेश बनाउने कृत्यको सबै देशभक्त नेपालीले सशक्त रूपमा निन्दा र विरोध गरौं!

यो सम्झौता र प्रचण्ड स्वयंले बेलाबखत गरेका र भनेका काम कुराबाट कथित जनयुद्ध नेपाललाई कमजोर बनाई भारतीय स्वार्थ अनुसार हिड्न बाध्य पार्नु रहेछ भन्नेमा अब कुनै द्विविधा मान्नु पर्ने भएन।यो षडयन्त्र देशको स्वाधीनता र समृध्दि होला भनेर बन्दुक बोकी ज्यानको बाजि लगाउनेहरूलाई थाहै भएन!

भारतले नेपालबाट १० बर्षमा १० हजार मेगावाट विद्युत् किन्ने भएकोले विदेशी लगानी ओइरिने भयो भनी जनता ठग्न प्रायोजित प्रचार गरिदै छ। यस्ता प्रचारकहरूले भारतले नेपालमा आफ्नो लगानी नभएका आयोजनाको विद्युत् नलिने निर्णय पहिल्यै गरिसकेको तथ्यमाथि पर्दा हाल्ने कुचेष्टा गरिरहेका छन्।भारतले अरू जो सुकैको लगानीमा नेपालमा उत्पादित विद्युत् किन्ने भनेको होइन।नेपालका नदीनाला आफै कब्जा गरी त्यहाँको बिजुली लिने भनेको हो। सरकारले सम्झौता तत्काल सार्वजनिक गरी यथार्थ नेपाली जनतालाई जानकारी गराओस्।

बंगलादेशसंग नेपालले विद्युत् बेच्न भारतीय भूभाग भएर प्रसारण लाइन बनाउनु पर्छ र त्यसबाट विद्युत् लैजान भारतको सहमति चाहिन्छ । यस्तो सहमति सम्झौताको कुन दफामा छ, स्पष्ट गर वाह्य शक्तिको स्वार्थमा मुरली बजाउनेहरू हो!