१ असार २०८३, सोमबार
,
Latest
जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र कोशी प्रदेशको बजेटमा महिला, बालबालिका र अपाङ्गता भएकाहरू प्राथमिकतामा गण्डकीको बजेटमा सडक, पर्यटन र कृषि प्राथमिकतामा रोबोट ‘अत्याचारको लाइसेन्स’ बन्नु हुँदैन : राष्ट्रसङ्घ अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली स्वयम्भूमा फेसबुकमा अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ कर्णाली प्रदेशसभा: ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत नेपाल–भारत सीमा समन्वय बैठक सम्पन्न राप्रपाकी प्रमुख सचेतक खुश्वु ओलीलाई धम्की दिने एक व्यक्ति पक्राउ हर्मुज क्षेत्रमा कर नउठाउन इरानलाई राष्ट्रपति म्याक्रोँको सुझाब
तपाईं के खोज्दै हुनुहुन्छ ?

जयबागेश्वरीको आकाशेपुल एक वर्षदेखि अलपत्र



अ+ अ-

काठमाडौं । भक्तजनको भीड हुने पशुपति क्षेत्रस्थित जयबागेश्वरी मन्दिरअघि काठमाडौँ महानगरपालिकाले निर्माण शुरु गरेको आकाशे पुल एक वर्षदेखि अलपत्र बनेको छ ।

महानगरपालिका–८ स्थित धेरै मानिसको आवतजावत हुने पशुपति क्षेत्रमा सडक पार गर्न सहज होस् भनी निर्माण शुरु गरिएको आकाशे पुल बिजुलीको तार भूमिगत नहुँदा अलपत्र बनेको वडाध्यक्ष दिनेशकुमार डङ्गोलले राससलाई जानकारी दिनुभयो । महानगरपालिकाले रु ७७ लाखको लागतमा पुल निर्माण गर्न लागेको हो । 

मासिक लाखौँ मानिस पशुपतिनाथ मन्दिर दर्शनमा आउने गरेका छन् । आकाशे पुल नहुँदा दुर्घटनाको जोखिम बढेको छ । सडकमा सवारी चाप भएका बेला सिफलबाट पशुपतितिर जान लामो समय कुर्नुपरेको दर्शनार्थी यात्रु रमा सिग्देलको गुनासो छ । 

तार भूमिगत गर्न रु १२ लाख बजेट लाग्ने लागत स्टमेट अनुमान गरिए पनि बजेट व्यवस्थापन हुन नसक्दा एक वर्षदेखि आकाशे पुल अलपत्र बनेको वडा कार्यालयले जनाएको छ । 

पुल निर्माण गर्ने जिम्मेवारी पाएको रिजेन्सी कन्स्ट्रक्सनले सूचना पाटीसमेत नराखी काम गरेकामा स्थानीय शारदाप्रसाद वैद्यले आपत्ति  जनाउनुभयो । रासस