• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत ★   नयाँ बजेट परम्परागत भन्दा नयाँ छः अध्यक्ष राई ★   बजेट सबै मन्त्रालय र मन्त्रीहरुसँग सहमति गरेर आएको होः मन्त्री अर्याल ★   बजेटमा असन्तुष्टि होइन, छलफल गरेर ल्याएको भए अझ राम्रो हुन्थ्योः ओली

चीन र भारतसँग नेपालले प्रतिष्पर्धा गर्नसक्ने बजार पर्यटन मात्रै हो: वर्षमान पुन



काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं सांसद वर्षमान पुनले नेपालले चीन र भानरतसँग पर्यटनको क्षेत्रमा प्रतिष्पर्धा गर्नसक्ने बताउनुभएको छ ।

बिहीवार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा चीन पहिलो, भारत दोस्रो र तेस्रोमा अमेरिकाबाट बढी पर्यटकहरु आइरहेको उल्लेख गर्दै चीन र भारतसँग नेपालले पर्यटनको क्षेत्रमा प्रतिष्पर्धा गर्नसक्ने बताउनु भयो । उहाँले भारतबाट वार्षिक ५ करोड र चीनबाट वार्षिक १० करोड पर्यटकहरु बाहिरिने गरेको भन्दै ती पर्यटकहरु नेपालले तान्न सक्नुपर्ने बताउनु भयो । उहाँले नेपालले चीन र भारतसँग प्रतिष्पर्धा गर्नसक्ने बजार पर्यटन मात्रै भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हाम्रा खास भारत र चीन छन् । चीन एक नम्बर र दुई भारतबाट पर्यटकहरु बढी आउने गर्दछन् । त्यस्तै तेस्रोमा अमेरिकाबाट पर्यटकहरु आइरहेका छन् । भारतबाट २०२३ को जुलाईमा एउटा महिनामा मात्रै २२ लाख ३२ हजार पर्यटकहरु बाहिर गए । त्यसले सामान्यतया वार्षिक ५ करोड पर्यटक बाहिर जान्छन् । त्यस्तै चिनियाँहरु २०१९ मा १५ करोड ४६ लाख र २०२३ को ६ महिनामा ४ करोड बाहिर गएका छन् । यो वर्ष १० करोड पर्यटक चीनबाट बाहिरिएका छन् । यो असाध्यै ठूलो अवसर हो । हामीले प्रतिष्पर्धा गर्नसक्ने बजार भनेको यही हो । किनभने हामीले ठूला ठूला उत्पादन गरेर चिनियाँ बजारमा वा भारतीय बजारमा पप्रतिष्पर्धा गर्न सक्दैनौँ । तर प्रतिष्पर्धा गर्नसक्ने क्षेत्र यो हो । त्यही सम्भावनाअनुसार नै पर्यटकहरु पनि आइरहेका छन् । भारतीय पर्यटक बाहिर केका लागि जान्छन्। उनीहरु विवाहका लागि युएई जाँदा रहेछन् । हामीले अहिले हेर्दा विवाहका सिजनमा बोर्डरका होटल प्याक हुन्छन्, यो सम्भावना देखिन्छ । बोर्डरका क्षेत्रमा क्यासिनो वा मिनिक्यासिनो असाध्यै चल्छ । युपी र बिहारमा मदिरा निषेध गरेको छ । यतातिर यससलाई नियन्त्रित रुपले चलाउन सकिन्छ ।’

उपमहासचिव पुनले भारतीय पर्यटकका लागि सीमानाकाका होटलहरु वैवाहिक सिजनमा चलायमान बनाउने र आकर्षक बनाउनुपर्ने बताउनु भयो । उहाँले भारतसँगका सीमाना नजिकमा क्यासिनो वा मिनिक्यासिनो सञ्चालन गर्नसके पनि राम्रो हुने बताउनु भयो ।