१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar मंसिर १ देखि काठमाडौं उपत्यकामा पशु वधशाला तथा मासु जाँच ऐन लागू गरिने News Polar मस्र्याङ्दीमा तत्काल ठूलो बाढीको जोखिम छैन News Polar हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष News Polar शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट News Polar हिम्लुङ बेस क्याम्पमा हिमपहिरो : सम्पर्कविहीन १२ मध्ये ४ जनाको शव भेटियो News Polar बाढीले बगाएको गैँडा सुस्ता पुग्यो News Polar प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि

नश्ल सुधारका लागि मनाङमा याक वितरण

नश्ल सुधारका लागि मनाङमा याक वितरण
अ अ+ अ-

मनाङ: नश्ल सुधारका लागि हिमाली जिल्ला मनाङका किसानलाई ब्याड याक वितरण गरिएको छ । गण्डकी प्रदेशले सोलुखुम्बुको स्याङबोचेस्थित याक आनुवंशिक स्रोत केन्द्रबाट ल्याएर याक वितरण गरेको हो ।

वंशाणुगतरुपमा हाडनाताबाट उत्पादित याकचौँरीमा हुने समस्याको समाधान गर्न प्रदेश सरकारले ब्याड प्रयोजन गर्ने उद्देश्यले याक वितरण गरिएको पशुपन्छी तथा मत्स्यविकास निर्देशनालयका महानिर्देशक डा बालकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार शुद्ध नश्लका याक प्रदेश सरकारले खरिद गरी किसानलाई वितरण गरेको हो । उहाँले भन्नुभयो, “हाडनाताबाट जन्मने याकचौँरीमा धेरै समस्या उत्पन्न हुनसक्ने र याकचौँरीको नश्ल सुधारमा मद्दत पुर्‍याउने लक्ष्यका साथ केन्द्रबाट याक ल्याएर वितरण गरिएको हो ।”

प्रदेशसभा सदस्य मुनिन्द्रजङ्ग गुरुङले लोपोन्मुख याकचौँरीको शुद्ध नश्ललाई प्रवद्र्धन गर्ने उद्देश्यले यहाँका किसानलाई ब्याड याक वितरण गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “हाडनाताबाट याकचौँरीको नश्ल खस्किँदै जाने पशु विज्ञका सुझावअनुसार नश्ल कायम राख्न ब्याड याक वितरण गरिएको हो ।”

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख नरेन्द्र राईले याक आनुवांशिक स्रोत केन्द्र स्याङबोचे ल्याइएका याक किसानलाई वितरण गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “याकचौँरी संरक्षण संस्था मनाङको समन्वयमा किसानलाई याक वितरण गरिएको छ । यसले नश्ल सुधारमा सहयोग पुग्नेछ ।” उहाँका अनुसार जिल्लाका किसानलाई वितरण गर्नका लागि नौ याक ल्याइएको हो ।

याकचौँरी संरक्षण संस्था मनाङका अध्यक्ष सुरेश थकालीले सामूहिक याकचौँरीपालक किसानलाई प्राथमिकता दिएर याक वितरण गरिएको जानकारी दिनुभयो । उहाँले ब्याड याक घुम्तीरुपमा प्रयोग गर्ने गरी वितरण गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “चार पालिकालाई दुई वटाका दरले याक वितरण गरिएको छ । यसलाई घुम्ती तवरबाट उपयोग गर्ने गरी ब्याड याक वितरण गरिएको हो ।” नश्ल सुधारका लागि ल्याइएका याकलाई काटमार गर्न नपाइने, अन्य प्रयोजनका लागि उपयोग गर्न नपाइने सम्झौता गरी वितरण गरिएको अध्यक्ष थकालीले जानकारी दिनुभयो ।

चार पालिकालाई वितरण गरी बाँकी रहेको एउटा याक भने संस्थामार्फत जिल्लाका अन्य ठाउँका लागि घुम्तीरुपमा उपयोग गर्न राखिएको उहाँले बताउनुभयो । प्रदेशले स्याङबोचे केन्द्रबाट १९ याक ल्याएकामा मनाङमा नौ र मुस्ताङ १० वटा वितरण गरेको हो ।रासस