काठमाडौँ । आगामी राष्ट्रिय सभा निर्वाचनमा भागबण्डाका विषयलाई लिएर सत्ता गठबन्धनभित्र चर्चा र बैठकहरु जारी रहेका बेला प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले यस विषयमा कटाक्ष गरेका छन् ।
उनको कटाक्ष खासगरी राष्ट्रिय सभा निर्वाचनमा प्रतिपक्ष एमालेलाई पनि समेट्ने विषयमा रहेको छ । यस विषयमा पनि छलफल भइरहँदा नेता कोइरालाले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत यस्तो प्रश्न गरेका छन् ।
उनले आफ्नो प्रतिक्रियामा प्रधानमन्त्री प्रचण्डविरुद्ध व्यंग्य गरेका हुन् । त्यसमा काँग्रेस सभापति देउवा पनि उनको केही निशानामा परेकै छन् । उनले कुनै दललाई संक्रमणकालीन न्याय (टिआरसी) बाट बच्न त कसैलाई कुन कुन काण्डबाट बच्न एमालेसँग मिल्नुपरेको हो भनेका छन् । टिआरसी प्रचण्डप्रति र कुन कुन काण्ड देउवाप्रति लक्ष गरेर उनले लेखेका छन् । हिजो कोशी प्रदेशमा एमालेसँग गठबन्धन गर्दा आफ्नो विरोध भएको स्मरण गर्दै आज केका लागि त्यही एमालेसँग भागबण्डामा मिल्न खोजेका त ? उनको प्रश्न छ ।
नेता डा कोइरालाले संक्रमणकालीन न्याय (टीआरसी) विधेयक पास गराउन र ‘विभिन्न काण्डबाट बच्न’ एमालेलाई पनि राष्ट्रिय सभामा भाग दिन खोजिएको टिप्पणी आफ्नो सामाजिक सञ्जालमा गरेका छन् । उनको प्रतिक्रिया यस्तो छ –