२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ

संवैधानिक निकायहरुमा असंवैधानिक तरिकाले नियुक्त गरेका मान्छे पठाइएको छ – सांसद पम्फा भुसाल

संवैधानिक निकायहरुमा असंवैधानिक तरिकाले नियुक्त गरेका मान्छे पठाइएको छ – सांसद पम्फा भुसाल
अ अ+ अ-

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)कि सांसद पम्फा भुसालले संवैधानिक निकायका पदाधिकारीको नियुक्तिलाई पुर्नविचार गर्नुपर्ने बताउनुभएको छ । शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद भुसालले सरकारले संसद नभएको बेलामा असंवैधानिक किसिमले अध्यादेश ल्याएर संवैधानिक निकायमा पदाधिकारीकारी नियुक्ति गरिएको भन्दै सो नियुक्तिलाई पुर्नविचार गर्नुपर्ने बताउनुभएको हो । 

संसदीय सुनुवाइलाई छलेर प्राविधिक रुपमा तिथिमिति मिलाएर नियुक्ति गरिएकाले संवैधानिक नियुक्तिलाई संविधान सम्वत् बनाउनै पर्ने उहाँको भनाई छ । उहाँले भन्नुभयो – ‘पार्टीको स्थायी समितीमा लेखेको मसी नसुक्दै झुठ तरिकाले त्यही अध्यादेश अनुसार संवैधानिक परिषद्हरुमा असंवैधानिक तरीकाले नियुक्त गरेको कुरा पनि बाहिर आयो । र अहिले पनि संवैधानिक निकायहरुमा असंवैधानिक तरिकाले नियुक्त गरेका मान्छे पठाइएको छ । अब यो संसद पुर्नस्थापना भएको छ । हामी एउटा ढंगले त्यसको पुर्नविचार गर्नैपर्छ । हामीले त्यसलाई संविधान सम्वत् बनाउनै पर्छ । संसदको सुनुवाइ गर्ने परम्परालाई छलेर केवल टेक्नीकल तिथिमिति गरेर, ढाँटेर, जुन ढंगले गरिएको छ । त्यो पनि म यहाँ स्मरण गराउन चाहान्छु ।’

सांसद भुसालले वर्तमान राजनीतिक प्रणाली अनुसार निर्वाचनमा कसैको पनि दुईतिहाइ आउने सम्भावना नरहेको भएपनि प्रधानमन्त्री ओलीले दुईतिहाई ल्याउने धाक दिएर आफ्नो लाज छोपेको बताउनुभयो । प्रतिनिधि सभाको हालको बनावट अनुसार राजनीतिक दललाई बहुमत ल्याउन पनि गाह्रोपर्ने उहाँको भनाई छ । उहाँले भन्नुभयो – ‘हाम्रो देशले हाम्रो संविधानले व्यवस्था गरेको निर्वाचन प्रणालीले तपाईले सोच्नुभएको छ, तपाइले जनतालाई भ्रम दिनुभाछ कि ढाट्नु भाछ कि आफै भ्रममा हुनुहुन्छ र मुर्खता गर्नुभाछ ? हाम्रो जस्तो निर्वाचन प्रणाली जहाँ ६० प्रतिशत प्रत्यक्ष छ । ४० प्रतिशत समानुपातिक छ । जहाँ समाजका सबै जाति, वर्ग, लिङ्ग, समुदाय आउनुभाछ । संविधानले व्यवस्था गरे अनुरुप हाउसको जुन बनावट छ । यस्तो निर्वाचन प्रणालीमा बहुमत पनि यदाकदा आउँदैन । दुईतिहाइको धाक दिएर आफ्नो लाज छोप्ने दुस्साहस नगर्नुस् । मेरो अपिल छ ।’

सांसद भुसालले नैतिकताको आधारमा प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीबाट राजिनामा दिनुपर्ने पनि बताउनुभयो । सरकारले संसद सञ्चालनको लागि एजेण्डा नदिएको भएपनि प्रधानमन्त्री ओलीले सडकबाट संसद सञ्चालनको सम्बन्धमा सभामुखलाई गालि गर्दै हिडेको उहाँको भनाई छ । देशको वर्तमान राजनीतिक समस्याहरुको राजनीतिक दलहरु र संसदबाटै हल खोज्नुपर्नेमा उहाँको जोड छ ।