२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराजा ज्ञानेन्द्रले आज भैरहवामा सम्बोधन गर्दै, पार्टीका नेताहरुको चासो



फाईल फोटो
अ+ अ-

काठमाडौँ । केही दिनयता देखि भैरहवामा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले आज त्यहाँ आयोजना हुने एक कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् । उनलाई आज त्यहाँ नागरिक अभिनन्दन गर्ने तयारी भएको छ ।

आज साढे १२ बजे भैरहवाको सुगरमिल क्षेत्रमा पूर्वराजाको नागरिक अभिनन्दन गर्ने कार्यक्रम रहेको छ । केही दिनदेखि उनी पश्चिम नेपालको भ्रमणमै छन् । उनको धार्मिक तथा साँस्कृतिक भ्रमण भनिए पनि त्यतिमात्र नरहेको बुझाई भैरहवाबासीको छ ।

श्रीमती कोमल शाहसहित पुगेका पूर्वराजा ज्ञानेन्द्र भैरहवास्थित होटल सिद्धार्थ भिलासामा बसेका छन् । उनको आजको अभिनन्दनपछिको सम्बोधनमा के आउँछ भन्ने बारेमा त्यहाँका नागरिकमा मात्र नभएर राजनीतिक दलका नेताहरुमा पनि व्यापक मात्रामा चासो उब्जिएको छ । पछिल्ला केही समय नेपालमा राजतन्त्रप्रति नागरिकको चासो पनि बढ्दै गएको छ । नागरिकले वर्तमान सत्ताले महंगी, भ्रष्टाचार तथा नागरिकप्रति बेवास्ता मात्र दिएको भनेर निराशा व्यक्त गर्ने गरेका छन् । त्यसैले कैयौँ व्यक्ति र संस्थाहरुले अहिले बरु यो व्यवस्था भन्दा त राजतन्त्र नै ठिक भन्ने जस्ता अभिव्यक्ति पनि दिने गरेका छन् ।

यसकारण पनि आज पूर्वराजाले गर्ने सम्बोधनका बारेमा देशव्यापी रुपमा चासो उब्जिएको बताइएको छ । पछिल्लो दिनमा राजाका यस्ता सार्वजनिक कार्यक्रमहरुमा नागरिकको संख्या बढ्दै जान थालेपछि राजनीतिक दलका नेताहरुले राजतन्त्रको चर्काे विरोध गर्न थालेका छन् । मुलुकमा नेपालमा राजतन्त्रको आगमन सम्भव छ या छैन भनेर बहस जारी रहेकै बेला पूर्वराजा ज्ञानेन्द्र भने केही बोलेका छैनन् ।

उनी देश दौडाहामा भने ठाउँ ठाउँमा पुगेका छन् । त्यसैले भैरहवामा हुन लागेको नागरिक अभिनन्दनमा उनले सम्बोधन गर्ने कार्यक्रमको सबैतिर चसो देखिएको हो । उनले के घोषणा गर्दैछन् भन्ने चासो सबैमा देखिएको छ । उता हिजोमात्र पूर्वराजा ज्ञानेन्द्रले राप्रपाका प्रमुख ५ नेताले पनि उनलाई भेटेका छन् । अध्यक्ष राजेन्द्र लिङदेनसहित वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री डा. धवलशमशेर राणा र कार्यसम्पादन समिति सदस्य दीपक सिंहले भैरहवा पुगेर पूर्वराजासँग सामूहिक भेट गरेका हुन् ।

स्रोतका अनुसार राजाले निकै खुलस्त र आत्मीय भावमा प्रस्तुत भएका थिए । जनमत विस्तारै बदलिँदै गएकाले देशमा राजसंस्था फर्किनेमा उनी निकै आशावादी देखिएको स्रोतको भनाइ छ । पूर्व राजा शाहले देशको दुरवस्थाप्रति चिन्ता प्रकट गर्दै यही व्यवस्थाबाट देश उँभो नलाग्नेमा पूर्वराजा र राप्रपा नेताहरु एकमत देखिएको समाचार स्रोतले बतायो ।