२८ मंसिर २०८२, आईतवार
,
Latest
एमालेका केही नेताद्वारा ‘राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ ’भन्ने मान्यतालाई खण्डित श्रममन्त्री भण्डारी र जेनजी अगुवाबीच भेटवार्ता बर्लिन वार्ताअघि संवादका लागि तयार रहेको जेलेन्स्कीको भनाइ मेलम्चीमा अनियमिता: भीम उपाध्याय समेतविरुद्ध सर्वोच्च गयो अख्तियार अवैध काठ बरामद निर्वाचन पहिलो प्राथमिता : मन्त्री सिन्हा स्वास्थ्य तथा जनचेतना अभिवृद्धिका लागि महिला शिक्षामा जोडः स्वास्थ्यमन्त्री शर्मा पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ पदक विजेता चन्द्र स्वदेश फिर्ता गृहमन्त्रीद्वारा प्रहरी सहायक हवल्दार गुरुङको परिवारसँग भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय सभामा एमालेलाई भाग दिने प्रस्तावमा माधव नेपाल र उपेन्द्र यादवको आपत्ति



फाईल फोटो
अ+ अ-

काठमाडौँ । आसन्न राष्ट्रिय सभा निर्वाचनमा एमालेलाई पनि भागबन्डामा मिसाउने विषयमा भएको छलफलमा नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा)नेता उपेन्द्र यादव असहम भएका छन् ।

एमालेलाई पनि राष्ट्रिय सभामाको निर्वाचनमा सिट दिनुपर्ने माग एमाले अध्यक्ष ओलीले राखेपछि केही दिन यतादेखि यस विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र ओलीबीच छलफल जारी रहेको छ । यस विषयमा प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि परामर्श गरिरहेका छन् । हिजो दिउँसो प्रधानमन्त्रीले नै सत्तारुढ दलको बैठक यसै विषयमा बोलाएका थिए ।

सो बैठकमा यो प्रस्ताव राखेपछि यसप्रति माधव नेपाल र उपेन्द्र यादवले आपत्ति जनाएका थिए । उनीहरुले सत्ताधारी दललाई चित्त नबुझाई विपक्षीलाई सिट भागबन्डा गर्ने कुरा कसरी आयो भनेर सुरुमै आपत्ति जनाएका थिए । त्यसपछि उपेन्द्र यादवले पनि यस विषयमा प्रधानमन्त्रीको प्रस्तावको विरोध गरेका थिए । प्रधानमन्त्री प्रचण्ड कांग्रेस सभापति देउवाले सबैभन्दा पहिला सत्तारुढ दलमा यस विषयमा सहमति जनाएपछि साँझ एमालेसँगको बैठकमा निर्णय गर्ने योजना बनाएका थिए ।

तर पछि गएर यी दुइ नेताले विरोध गरेपछि साँझ बालुवाटारमा बसेको प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीको बैठक विना निष्कर्ष टुंगिएको थियो । सत्तारुढ दलमै सहमति हुन नसकेपछि सिट दिन नसकिने जानकारी प्रधानमन्त्रीले ओलीलाई गराएका थिए ।

त्यसपछि सहमति हुन नसकेको बैठकमा सहभागी एक एमाले नेताले जनाए । एमालेलाई बढीमा तीन सिट दिन सकिने पक्षमा प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवा देखिएका छन् । तर एमालेले भने ५ सिट दिनुपर्ने बताएको छ ।