१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar मंसिर १ देखि काठमाडौं उपत्यकामा पशु वधशाला तथा मासु जाँच ऐन लागू गरिने News Polar मस्र्याङ्दीमा तत्काल ठूलो बाढीको जोखिम छैन News Polar हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष News Polar शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट News Polar हिम्लुङ बेस क्याम्पमा हिमपहिरो : सम्पर्कविहीन १२ मध्ये ४ जनाको शव भेटियो News Polar बाढीले बगाएको गैँडा सुस्ता पुग्यो News Polar प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि

राष्ट्रिय सभामा एमालेलाई भाग दिने प्रस्तावमा माधव नेपाल र उपेन्द्र यादवको आपत्ति

राष्ट्रिय सभामा एमालेलाई भाग दिने प्रस्तावमा माधव नेपाल र उपेन्द्र यादवको आपत्ति
फाईल फोटो
अ अ+ अ-

काठमाडौँ । आसन्न राष्ट्रिय सभा निर्वाचनमा एमालेलाई पनि भागबन्डामा मिसाउने विषयमा भएको छलफलमा नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा)नेता उपेन्द्र यादव असहम भएका छन् ।

एमालेलाई पनि राष्ट्रिय सभामाको निर्वाचनमा सिट दिनुपर्ने माग एमाले अध्यक्ष ओलीले राखेपछि केही दिन यतादेखि यस विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र ओलीबीच छलफल जारी रहेको छ । यस विषयमा प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि परामर्श गरिरहेका छन् । हिजो दिउँसो प्रधानमन्त्रीले नै सत्तारुढ दलको बैठक यसै विषयमा बोलाएका थिए ।

सो बैठकमा यो प्रस्ताव राखेपछि यसप्रति माधव नेपाल र उपेन्द्र यादवले आपत्ति जनाएका थिए । उनीहरुले सत्ताधारी दललाई चित्त नबुझाई विपक्षीलाई सिट भागबन्डा गर्ने कुरा कसरी आयो भनेर सुरुमै आपत्ति जनाएका थिए । त्यसपछि उपेन्द्र यादवले पनि यस विषयमा प्रधानमन्त्रीको प्रस्तावको विरोध गरेका थिए । प्रधानमन्त्री प्रचण्ड कांग्रेस सभापति देउवाले सबैभन्दा पहिला सत्तारुढ दलमा यस विषयमा सहमति जनाएपछि साँझ एमालेसँगको बैठकमा निर्णय गर्ने योजना बनाएका थिए ।

तर पछि गएर यी दुइ नेताले विरोध गरेपछि साँझ बालुवाटारमा बसेको प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीको बैठक विना निष्कर्ष टुंगिएको थियो । सत्तारुढ दलमै सहमति हुन नसकेपछि सिट दिन नसकिने जानकारी प्रधानमन्त्रीले ओलीलाई गराएका थिए ।

त्यसपछि सहमति हुन नसकेको बैठकमा सहभागी एक एमाले नेताले जनाए । एमालेलाई बढीमा तीन सिट दिन सकिने पक्षमा प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवा देखिएका छन् । तर एमालेले भने ५ सिट दिनुपर्ने बताएको छ ।