२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ

रेशम चौधरीलाई लेनदेनको विषय बनाइए राजनीतिक बेइमानी हुनेछ- सांसद राजकिशोर यादव

रेशम चौधरीलाई लेनदेनको विषय बनाइए राजनीतिक बेइमानी हुनेछ- सांसद राजकिशोर यादव
अ अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका सांसद राजकिशोर यादवले रेशम चौधरीको रिहाइलाई सरकारको लेनदेनको विषय बनाउनु नहुने बताउनुभएको छ । शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद यादवले संविधान संशोधन र रेशम चौधरी रिहाइको कुरा गर्दा सरकारमा आउने प्रस्ताव गरिएको बताउँदै रेशम चौधरीको विषयलाई सरकारको लेनदेनको विषय बनाउनु नहुने बताउनु भएको हो । 

चौधरीलाई लेनदेनको विषय बनाइए राजनीतिक बेइमानी हुने उहाँको भनाइ छ । थारुहट आन्दोलनका सबै आन्दोलनकारीलाई राजबन्दीसरहको व्यवहार हुनुपर्ने र राजनीतिक समस्याको रुपमा लिएर समस्या समाधान गरिनुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो –‘हामी संविधान संशोधनका कुरा गर्दा तपाईहरु सरकारमा आइदिनु पर्‍यो । हामी रेशम चौधरीको कुरा गर्दा सरकारको लेनदेनको विषय बनाउँछन् । मलाइ लाग्छ, रेशम चौधरी सरकारको लेनदेनको विषय हुनुहुदैन । त्यो शर्तको रुपमा बुझ्नु हुँदैन । नत्र त्यो राजनीतिक बेइमानी हुन्छ । त्यो राष्ट्रिय समस्या हो । राजबन्दी हो । त्यसलाई त्यही राजबन्दी सरह व्यवहार गरेर जसरी सिके राउत सँग व्यवहार भयो । जसरी नेत्रविक्रम चन्द सँग व्यवहार भयो त्यसैगरी थारुहट आन्दोलनमा भएका सम्पूर्ण आन्दोलनकारीहरु सँग राजबन्दीसरह व्यवहार गरेर राजनीतिक समस्या जसरी समाधान हुन्छ त्यसरी गरेर समाधान गर्नुपर्छ । न कि त्यसलाई सरकारमा आउने जाने, सरकारको लेनदेनको विषय ।’

सांसद यादवले जसपा फुटको हल्ला मिडियामा आएको भन्दै कुनै लोभ लालचमा नफस्ने र पार्टीलाई नफुटाउने बताउनुभयो । जसपाले सही समयमा सही निर्णय लिने उहाँको भनाई छ । उहाँले भन्नुभयो – ‘सहमतीको राजनीतिलाई अगाडी बढाउनुस् हाम्रो दल त्यसको लागि तयार छ । हाम्रो बारेमा मिडियामा जसरी कुरा आको छ कि जनता समाजवादी पार्टी अहिले निर्णायक छ । जनता समाजवादी पार्टी एकढिक्का छ । र कसैको कारणले हामी फुट्नेवाला छैनौँ । हामी कुनै लोभ, लालचमा फस्नेवाला छैनौँ । हामी विवेकपूर्ण, देशको हितमा हामी यो मुलुकलाई अगाडी बढाउनको लागि सही समयमा सही निर्णय लिन्छौँ ।’

राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले नेकपाभित्रको विग्रह र फुटको कारण संसदमा अस्थिरता आएको भन्दै अस्थिरतालाई नियन्त्रण गर्न नसके प्रतिगामी शक्तिको चलखेल हुने बताउनुभयो । यसबाट लोकतन्त्र,गणतन्त्र, राष्ट्रियता, धर्म निरपेक्षता, जनजिवनमा क्षति हुने भएकाले सबैको ध्यान जानुपर्ने उहाँको भनाई छ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को एकिकरणले मात्रै वर्तमान अस्थिरतालाई चिर्न सक्ने उहाँले बताउनुभयो । प्रधानमन्त्रीले राजिनामा दिनुपर्ने पनि उहाँको भनाई छ । उहाँले भन्नुभयो – ‘नयाँ जटिलतालाई चिर्नको निम्ति फेरीपनि अझै गम्भिर हुन जरुरी छ । अहिले देशमा जुन जटिलता र अस्थिरताको वातावरण जुन निर्माण भएको छ । त्यसको समाधान पुन सर्वोच्च अदालतको फैसला अनुसार बेग्लाबेग्लै रुपमा अस्तित्वमा आएका नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीचको एकता नै हो भन्ने हाम्रो निष्कर्ष छ ।’

नेपाल मजुदुर किसान पार्टीका सांसद प्रेम सुवालले संसद पुर्नस्थापना पछि सांसदहरुको खरिद हुने चिन्ता जनतामा रहेको बताउनुभयो । प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नदिदा देश अस्थिरतामा जाने भएकाले नेमकिपा संसद विघटन र चुनावको पक्षमा उभिएको उहाँले स्पष्ट पार्नुभयो । मन्तव्यको क्रममा उहाँले कालापानी, लिपुलेक र लिम्पियाधुरा सम्मको नेपाली भुमिमा नेपालले कहिल्यै दाबी नउठाउने र एमसीसी सम्झौता पारित गर्ने शर्तमा भारतको संलग्नतामा प्रतिनिधि सभा पुर्नस्थापना गरिएको अनुमान गरिएको सुनेको पनि दाबी गर्नुभयो । 

उहाँले भन्नुभयो – ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा सम्मको नेपाली भुमिमा नेपालले कहिल्यै दाबी नउठाउने र एमसीसी सम्झौता पारित गर्ने शर्तमा भारतको संलग्नतामा प्रतिनिधि सभा पुर्नस्थापना गरिएको अनुमान गरिएको सुनिन्छ । यस्तो देशघाति काम नेपाली जनतालाई स्वीकार्य छैन । भारतसँगको खुल्ला सिमाना बन्द गर्नुपर्ने सांसद सुवालको भनाई छ । प्रतिनिधि सभाको अर्को बैठक चैत्र १० गते दिउँसो १ बजेका लागि बोलाइएको छ ।