१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar मंसिर १ देखि काठमाडौं उपत्यकामा पशु वधशाला तथा मासु जाँच ऐन लागू गरिने News Polar मस्र्याङ्दीमा तत्काल ठूलो बाढीको जोखिम छैन News Polar हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष News Polar शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट News Polar हिम्लुङ बेस क्याम्पमा हिमपहिरो : सम्पर्कविहीन १२ मध्ये ४ जनाको शव भेटियो News Polar बाढीले बगाएको गैँडा सुस्ता पुग्यो News Polar प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि

राजेन्द्र पाण्डेलाई कृषि मन्त्री बनाउन झलनाथको सिफारिस

राजेन्द्र पाण्डेलाई कृषि मन्त्री बनाउन झलनाथको सिफारिस
file photo
अ अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टी उपाध्यक्ष राजेन्द्र पाण्डेलाई कृषि मन्त्री बनाउन सिफारिस गर्नुभएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई उहाँले पटक पटक भेट गरी आफ्नो कोटाबाट पाण्डेलाई कृषिमन्त्री बनाउन सिफारिस गर्नुभएको स्रोतले बतायो ।

स्रोतले भन्यो, “झलनाथ खनालले हिजो र आज गरी दुई दिन प्रधानमन्त्री ज्यूलाई भेट गरी राजेन्द्र पाण्डेलाई कृषिमन्त्री बनाउन सिफारिस दिनु भएको छ, तर उक्त विषयमा प्रधानमन्त्री ज्यूले केही भन्नु भएको छैन् ।”

नेकपा (एकीकृत समाजवादी)  बाट भौतीक योजना तथा यातायातमन्त्री बनेका प्रकाश ज्वालालाई फिर्ता बोलाउन प्रधानमन्त्रीले सो पार्टीका अध्यक्ष माधवकुमार नेपालसँग सल्लाह गरेसँगै नेता खनाल आफ्नो कोटाबाट पाण्डेलाई कृषिमन्त्री बनाउन लागि परेको स्रोतको दाबी छ ।

तर प्रधानमन्त्री प्रचन्डले भने मन्त्रीका लागि पार्टी अध्यक्षबाटै सिफारिस भएर आउनुपर्ने, अरु नेताले व्यक्तिगत रूपमा सिफारिस गरेर नहुने जवाफ झलनाथलाई दिएको पनि स्रोतले बताएको छ ।

तर माधवकुमार नेपालले भने अहिले सम्म कसैको नाम सिफारिस नगरेको स्रोतको भनाई छ ।

गएको शुक्रबार ललितपुरको बालकुमारीमा भएको घटनामा मन्त्री प्रकाश ज्वालाको सवारी नै कारक बनेको निष्कर्ष सबैतिरबाट आउँदै गर्दा प्रधानमन्त्री प्रचण्ड मन्त्री ज्वालालाई फिर्ता बोलाउने तयारीमा रहेको देखिएका छन् ।

प्रधानमन्त्री प्रचण्डले हिजो बालुवाटारमा यस विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि परामर्श गरेका स्रोतको दाबी छ ।

देउवाले प्रधानमन्त्रीको सोचमा खासै विरोध नजनाएको बताइएको छ । तर कांग्रेसका मन्त्री फेर्ने बारेमा भने देउवा सकारात्मक छैनन् ।

सो घटनाले सरकारमाथि निकै ठूलो आक्रोस थपिएको र देशभरका युवाले आन्दोलनको तयारी समेत गरेको थाहा भएकाले मन्त्री नै बर्खास्त गर्ने मुडमा प्रधानमन्त्री देखिएका बालुवाटार स्रोतले दाबी गरेको छ ।