२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपिन जोशीको सकुशल रिहाइका निम्ति सभामुखको अनुरोध



अ+ अ-

काठमाडौँ । सभामुख देवराज घिमिरेले आतङ्कवादी समूह हमासले बन्दी बनाएको भनिएका नेपाली युवक विपिन जोशीको जीवनरक्षा तथा निजको सकुशल रिहाइका लागि अनुरोध गर्नुभएको छ ।

नेपालका लागि इजरायलका राजदूत खनान गोडेरसँग आज आफ्नै कार्यकक्षमा भएको भेटमा उहाँले निर्दोष जोशीको रिहाइका निम्ति अनुरोध गर्नुभएको हो ।

राजदूत गोडेरले जोशीलगायत अन्य देशका बन्धकलाई मुक्त गर्ने प्रयास जारी रहेको बताउँदै जोशी हमासको कब्जामा सकुशल रहेको सूचना आफूलाई प्राप्त भएको जानकारी दिनुभएको सभामुखको सचिवालयले जनाएको छ । त्यस अवसरमा नेपाल–इजरायल सम्बन्धका विविध पक्षका साथै कृषि क्षेत्रको विकासबारे पनि छलफल भएको थियो ।

गत असोज २० गते हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियोभने जोशीलाई हमासले बन्धक बनाएको इजरायली सेनाले बताउँदै आएको छ । उक्त दिनपछि इजरायलले गाजापट्टीमा जारी राखेको आतङ्कवादीविरुद्धको सैन्य कारबाहीमा २२ हजार एक सय ८५ जनाको ज्यान गएको तथा ५७ हजार घाइते भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यले जनाएका छन् । रासस