३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि

‘जोली एलएलबी–३’ मा अक्षय र अरशद वारसीले एकअर्कासँग बहस गर्ने

‘जोली एलएलबी–३’ मा अक्षय र अरशद वारसीले एकअर्कासँग बहस गर्ने
अ+ अ-

एजेन्सी । अक्षय कुमार र अरशद वारसी स्टारर फिल्म ‘जोली एलएलबी–३’ बहुप्रतिक्षित फिल्महरू मध्ये एक हो ।

फिल्मको स्क्रिप्टिङको काम सुरु भइसकेको छ । जोली एलएलबीलाई सुभाष कपूरले निर्देशन गर्नेछन् । जोली एलएलबी–३ मा अक्षय कुमार र अरशद वारसी कोर्टमा एकअर्काको विरुद्धमा उभिएका देखिनेछन् ।

फिल्मका अघिल्ला दुई भागलाई दर्शकले निकै रुचाएका थिए । फिल्म २०२५ मा रिलिज हुनेछ । यसको छायांकन केही महिनापछि जयपुरमा सुरु हुनेछ । निर्माण पक्षले छिट्टै चलचित्रको कलाकारको घोषणा गर्नेछ । फिल्मको नामबारे भने अहिलेसम्म कुनै पुष्टि भएको छैन ।

फिल्मको सुटिङ यसै वर्ष जयपुरबाट सुरु हुनेछ । अहिले बाँकी छायांकन लोकेशन फाइनल भइरहेको छ । फिल्ममा अक्षय र अरशदका अलावा सौरभ शुक्ला पनि मुख्य भूमिकामा देखिनेछन् । हरेक पटक जस्तै यस पटक पनि उनी फिल्ममा जजको भूमिकामा देखिनेछन् ।

अक्षय र अरशद अदालतमा एकअर्काविरुद्ध बहस गर्ने । फिल्ममा दुई कलाकारबीचको बहसको लागि निकै रमाइलो विषय उठाइनेछ ।

यो फिल्ममा ड्रामा, थ्रिलदेखि कमेडीसम्म विभिन्न विधाहरू हुनेछन् । स्क्रिप्टिङ पूरा भएपछि, टोली पूर्व उत्पादन चरणमा सर्नेछ । डिज्नी र अक्षय कुमारको प्रोडक्सन हाउस केप अफ गुड फिल्म्सले यो फिल्मलाई संयुक्त रुपमा निर्माण गर्दैछन् । अक्षय कुमारले ‘जोली एलएलबी ३’ अघि ‘वेलकम टु जंगल’ को सुटिङ पूरा गर्नेछन् ।

यसबाहेक यो फिल्ममा अक्षय र अरशद दुवैको लगभग बराबर भूमिका हुने बताइएको छ । उनीहरु फिल्ममा एकअर्कासँग प्रतिस्पर्धा गर्दै देखिनेछन् । अक्षय र अरशदले यसअघि ‘जानी दुश्मनः एक अनोखी कहानी’ (२००२) र ‘बच्चन पाण्डे’ (२०२२) मा सँगै काम गरिसकेका छन्।