• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

प्रधानमन्त्री कप महिला क्रिकेट: रुविना सर्वोत्कृष्ट खेलाडी



काठमाडौँ । प्रधानमन्त्री कप महिला टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशकी कप्तान रुविना क्षेत्री सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छन् । उनी नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी पूर्व कप्तानसमेत हुन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज सम्म्पन्न खेलमा कप्तान क्षेत्री सर्वोत्कृष्ट खेलाडी घोषित भएकी हुन । उनले स्कुटर पुरस्कार प्राप्त गरिन् ।

यसैगरी गण्डकी प्रदेशकी ज्योत्स्निका मरासिनी उदियमान खेलाडी घोषित भइन् । उनले उपाधिसहित रु ५० हजार बराबरको क्रिकेट सामग्री प्राप्त गरिन् । प्रतियोगितामा मधेश प्रदेशकी पूजा महतो उत्कृष्ट बलर छनोट भइन् भने गण्डकी प्रदेशकी सुमन खतिवडाले उत्कृष्ट ब्याटरको उपाधि पाइन । दुवैजनाले जनही रु ५० हजार पुरस्कार प्राप्त गरे ।