२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
राप्रपाले माग्यो अर्थमन्त्री वाग्लेको राजीनामा विपक्षी दलको अवरोधपछि प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गर्दै अध्यक्ष राईद्वारा सङ्कल्प प्रस्ताव पेश सभामुखद्वारा संसदमा ५ मिनेट मौनधारणप्रति आपत्ति, ‘सभाको मर्यादा उल्लंघन भएको’ टिप्पणी अर्थमन्त्री वाग्लेले करकाे दर मनलाग्दी संशोधन गरेको सांसद थेवेकाे दाबी प्रधानमन्त्रीको अभिव्यक्तिबाट देशको छवि बिग्रिएको कांग्रेस सचेतक राईको दाबी कर प्रणाली सुधार, सहकारी संकट समाधान र रेमिट्यान्स निर्भरता घटाउन बजेटले ध्यान दिन सकेनः सारू सरकारले सुशासनका राम्रा अभ्यास गरेको छः यादव रास्वपा मधेश प्रदेश अधिवेशनका सम्पूर्ण गतिविधि अर्को सूचना नआएसम्म स्थगित प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानका ओपनरको लाजमर्दो प्रदर्शन, सिड्नीको मैदानमा पहिलो पटक बन्यो यस्तो नचाहेको कीर्तिमान



अ+ अ-

एजेन्सी । अस्ट्रेलिया र पाकिस्तानबीचको तेस्रो तथा अन्तिम टेष्ट खेल बुधबार सिड्नी क्रिकेट मैदानमा सुरु भएको छ । पाकिस्तानका कप्तान शान मसुदले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका छन् ।

पाकिस्तानका ओपनर अब्दुल्ला शफिक र साम अयुबले कप्तानको निर्णय सही साबित गर्न सकेनन् र खाता खोल्नै नदिई आउट भए । इनिङ्सको दोस्रो बलमा मिचेल स्टार्कले शफिकलाई दोस्रो स्लिपमा स्टिभ स्मिथको हातमा क्याच आउट गराए ।

अर्को ओभरको दोस्रो बलमा जोस हेजलवुडले डेब्यु खेल्ने साम अयुबलाई विकेटकिपर केरीको हातमा क्याच आउट गराएर पाकिस्तानलाई दोस्रो झटका दिए ।

योसँगै पाकिस्तानी ओपनरको नाममा निकै लज्जास्पद कीर्तिमान दर्ता भएको छ । सिड्नी क्रिकेट मैदानमा टेस्ट म्याचको एउटै इनिङ्समा दुवै ओपनर खाता नखोली आउट भएको यो पहिलो पटक हो ।

पाकिस्तानले साम अयुबलाई टेस्ट डेब्यू गर्ने मौका दिएको थियो, जुन पूर्ण रूपमा असफल भयो । साम अयुब खाता नखोलेर आउट भए । शान मसूदको कप्तानीमा टेस्ट डेब्यू गर्ने अयुब पहिलो ओपनर हुन् र खाता खोल्नै नदिई आउट भएका थिए ।

अहिलेसम्म पाकिस्तानका शान मसुद अन्तिम ओपनर थिए, जो डेब्युमा खाता खोल्नै नसकेर आउट भएका थिए । मसुदले सन् २०१३ मा अबुधाबीमा दक्षिण अफ्रिकाविरुद्ध टेस्ट डेब्यू गरेका थिए ।

प्याट कमिन्स (५ विकेट)को घातक बलिङको मद्दतले अष्ट्रेलियाले तेस्रो टेस्टको पहिलो दिन ७७.१ ओभरमा पाकिस्तानलाई ३१३ रनमा अलआउट गर्यो । पाकिस्तानलाई सम्मानजनक स्कोरमा पुर्‍याउन मोहम्मद रिजवान (८८), आगा सलमान (५३) र आमिर जमाल (८२)ले महत्वपूर्ण योगदान दिए ।

अष्ट्रेलियाका लागि कमिन्स बाहेक मिचेल स्टार्कले दुई तथा नाथन लियोन र मिचेल मार्सले एक-एक विकेट लिए ।




भर्खरै