• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   पूर्वराजा शाहद्वारा पाटनको भ्रमण- फोटो फिचर ★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा

छुरा प्रहारबाट घाइते दक्षिण कोरियाली नेताको घाँटीमा डेढ सेन्टिमिटरको चोट



एजेन्सी । दक्षिण कोरियाको प्रमुख विपक्षी डेमोक्र्याटिक पार्टीका नेता ली जे म्युङलाई दक्षिणपूर्वी बन्दरगाह शहर बुसानको भ्रमणका क्रममा ६० वर्षका एक व्यक्तिले घाँटीमा छुरा प्रहार गर्दा मङ्गलवार घाइते भएका छन् ।

लीलाई करिब डेढ सेन्टिमिटरको चोट लागेको बताइएको छ । स्थानीय समय अनुसार बिहान १०:२७ बजे बुसानको नयाँ विमानस्थलको निर्माण स्थलको भ्रमण गरिसकेपछि लीको घाँटीको देब्रेपट्टि छुरा प्रहार भएको थियो । बुसानमा आकस्मिक उपचारपछि उनलाई शल्यक्रियाका लागि हेलिकप्टरबाट सियोलको अस्पतालमा लगिएको छ ।

भिडियो फुटेजमा आक्रमणकारीले अटोग्राफ माग्दै लीको नजिक गएका र उनको देब्रे घाँटीमा छुरा प्रहार गरेको देखिएको छ । ६० वर्षको किमको थरबाट मात्र पहिचान भएका आक्रमणकारीले डेमोक्र्याटिक पार्टीका नेतालाई मार्ने मनशाय रहेको प्रहरीलाई बताएको स्थानीय सञ्चारमाध्यमले बताएका छन् ।  किमले गत वर्ष इन्टरनेटमा करिव १८ सेन्टिमिटर लामो चक्कु किनेका थिए । उनको अन्य कुनै आपराधिक रेकर्ड थिएन ।

दक्षिण कोरियाका राष्ट्रपति युन सुक–योलले पुलिस र सम्बन्धित अधिकारीहरूलाई छिटो सत्यतथ्य पत्ता लगाउन र लीको उपचारका लागि सहयोग गर्न हरसम्भव प्रयास गर्न आदेश दिनुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । युनले यस्ता हिंसात्मक कार्यलाई कुनैपनि हालतमा सहन नहुनेमा जोड दिनु भयो ।