७ असार २०८३, आईतवार
,
Latest
इन्जुरी समयमा निर्णायक गोलसँगै जर्मनी नकआउट चरणमा पोखरा बसपार्कभित्रका ३२० सटर हटाइयो धवलागिरिका दुर्गम गाउँमा सडक सञ्जालको पहुँच बैंक तथा वित्तीय संस्थाले अब मेरोकिताबाटै सेवा लिनुपर्ने पञ्चकन्या मन्दिरमा गौमाता शिलामूर्ति अनावरण स्विडेनमाथि नेदरल्यान्ड्सको सानदार जित अन्नपूर्ण आधार शिविरमा पर्यटक खचाखच पार्टी पुनर्गठनसम्बन्धी सुझाव संकलन कार्यक्रम उत्साहपूर्ण: एमाले उपाध्यक्ष पौडेल रास्वपा महाधिवेशन: कांग्रेस, एमाले र नेकपाबाट दोस्रो तहका नेता राप्रपाबाट अध्यक्ष लिङ्देन सहभागी हुने कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम
तपाईं के खोज्दै हुनुहुन्छ ?

धुर्मुस–सुन्तलीको ‘ओई मेरो परान’ बोलको गीत सार्वजनिक



अ+ अ-

काठमाडौ । हाँस्य कलाकारद्धय सिताराम कट्टेल  (धुर्मुस) र कुञ्जना घिमिरेले (सुन्तली)ल निर्माण गरेको ‘ओई मेरो परान’ बोलको गीत सार्वजनिक गरिएको छ  । बानेश्वर हाईटको रेडियो अडियोमा आयोजित एक कार्यक्रममा गीत साबृजनिक गरिएको हो ।  

धुर्मुस–सुन्तलीको जोडीले  निर्माण तथा निर्देशन गरेको ‘म त मर्छु कि क्या हो’ नामक वेव फिल्ममा यो गीत राखिएको छ । गीतमा   लोकराज अधिकारीको शब्द, राजेन्द्र बजगाँइको संगीत, तथा रचना रिमाल र भक्त प्रधानको स्वर रहेको छ । निर्मात्री तथा कलाकार कुञ्जना घिमिरेलेले यो वेव फिल्म एक महिना भित्र विभिन्न ओटीटी प्लेटफर्मबाट रिलिज हुने जानकारी दिनुभयो । उहाले सामाजिक कामसँगै आफुहरुलाई हेर्न चाहने दर्शकको चाहना पनि पुरा गर्न पनि यो चलचित्र निर्माण गरेको जानकारी दिनुभयो  ।

फिल्मलाई टेकेन्द्र शाहले सम्पादन गर्नुभएको छ भने स्वेत्ना योञ्जनको कोरियोग्राफी रहेको छ ।   गीतमा सिताराम कट्टेल, कुञ्जना घिमिरे र सुशिला थापाको शसक्त अभिनय रहेको छ । यसै गरी   चलचित्रमा खलपात्रका परिचय भएका रवि गिरी, पल्पसा डंगोल, सुमन कार्की, सुमन कोइराला लगायतको अभिनय रहेको छ ।