• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

जापान एयरलाइन्सको विमानमा सवार सबै ३७९ यात्रुलाई बाहिर निकालियो



एजेन्सी । टोकियोको हानेदा विमानस्थलमा आगलागी भएको जापान एयरलाइन्सको विमानमा सवार सबै ३७९ यात्रु र चालक दलका सदस्यलाई बाहिर निकालिएको स्थानीय सञ्चारमाध्यमले बताएको छ ।

होक्काइडो प्रिफेक्चरको न्यु चितोसे एयरपोर्टबाट टोकियोको हानेडा एयरपोर्टका लागि उडान ५१६, हानेडा एयरपोर्टमा अवतरण गरेपछि जापान कोस्ट गार्डको विमानसँग ठोक्किएको थियो । सार्वजनिक प्रशारणकर्ता एनएचकेले जापान एयरलाइन्सलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ ।

दमकलले आगो निभाउने काम गरिरहेको बताइएको छ । एनएचके फुटेजले जापान एयरलाइन्सको विमानको एक छेउबाट आगोको ठूलो विस्फोट देखाएको छ । यो धावनमार्गमा ट्याक्सी चलिरहेको पनि देखिएको छ ।