२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

५ वर्षअघि जहाँ टेस्ट डेब्यु गरेका थिए त्यहीँ इतिहास रच्न सक्छन् जसप्रित बुमराह



अ+ अ-

एजेन्सी । सेन्चुरियनमा भएको खेलमा भारत दक्षिण अफ्रिकासँग नराम्ररी पराजित भएको थियो । भारतले तीन दिनमै आयोजक टोलीसामु आत्मसमर्पण गरेको थियो । पहिलो टेस्ट एक इनिङ्स र ३२ रनले गुमाएपछि अहिले टीम इन्डियाको पूरा ध्यान केप टाउनमा हुने दोस्रो टेस्टमा केन्द्रित छ ।

यदि भारतीय टोलीले केप टाउनमा आफ्नो लाज बचाउनु छ भने जसप्रित बुमराहले आफ्नो जादू देखाउनुपर्नेछ । बुमराहले ठीक पाँच वर्षअघि यही मैदानमा आफ्नो टेस्ट करियर सुरु गरेका थिए । विशेष अवस्थामा, भारतीय फास्ट बलरसँग एकै साथ धेरै दिग्गज बलरहरूलाई पछाडि छोड्ने सुनौलो अवसर हुनेछ ।

बुमराहले आफ्नो टेस्ट करियर २०१८ मा केप टाउनको न्युल्यान्ड्स मैदानबाट सुरु गरेका थिए । बुमराहले दक्षिण अफ्रिकाविरुद्धको डेब्यु खेलमा चार विकेट लिएका थिए । बुमराहले केप टाउनमा हालसम्म खेलेका दुई टेस्ट म्याचमा कुल १० विकेट लिएका छन् । यदि भारतीय तीब्र गतिका बलर सिरिजको दोस्रो टेस्टमा ७ विकेट लिन सफल भए उनले जेम्स एन्डरसनलाई पछाडि छोड्नेछन् ।

हालका बलरहरूमध्ये एन्डरसनले केप टाउनमा सबैभन्दा बढी विकेट लिने कीर्तिमान राखेका छन् । एन्डरसन केप टाउनमा सर्वाधिक विकेट लिने विदेशी बलर हुन् । इंग्ल्याण्डका फास्ट बलरले यस मैदानमा कुल १६ विकेट लिएका छन् । यदि बुमराह जनवरी ३ बाट सुरु हुने दोस्रो टेस्टमा ७ विकेट लिन सफल भएमा एन्डरसनलाई पछि पार्दै इतिहास रच्नेछन् ।

केप टाउन मैदानमा भारतका लागि जाभागल श्रीनाथले सर्वाधिक विकेट लिएका छन् । यस मैदानमा श्रीनाथको नाममा कुल १२ विकेट छन् । केप टाउनमा अनिल कुम्बलेले ११ विकेट लिएका छन् । बुमराहसँग दोस्रो टेस्टमा तीन विकेट लिएर यी दुई बलरलाई पछाडि छोड्ने सुनौलो अवसर हुनेछ । तीन विकेट लिएसँगै बुमराह केप टाउनमा सबैभन्दा बढी विकेट लिने भारतीय बलर पनि बन्नेछन् ।