२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानको हानेदा विमानस्थलमा विमानमा आगलागी



अ+ अ-

टोकियो। जापानको राजधानी टोकियोमा रहेको हानेदा अन्तराष्ट्रिय बिमानस्थलमा अबतरण गर्ने क्रममा रहेको बिमानमा आगो लागेको छ।

होक्काइदो स्थित चितोसे विमानस्थलबाट हानेदा बिमानस्थलका लागि उढेको जापान एअर लाइन्सको बिमानमा आगो लागेको हो। जापानी संचार माध्यमहरुका अनुसार हानेदा विमानस्थलबाट उडान भर्न लागेको जापान कोस्ट गार्डको बिमानसंग ल्याण्ड गर्नेक्रममा रहेको उक्त बिमान ठोकिएको थियो।

धावनमार्गमा ल्याण्ड गर्नासाथ उक्त बिमानमा आगलागी भएको समाचार श्रोतहरुलाई उद्दृत गर्दै जापानी संचार माध्यमहरुले जनाएका छन्। बिमानमा सवार ४०० भन्दा बढी यात्रुहरु सुरक्षित रहेको समाचारहरुमा उल्लेख गरिएको छ।

जापान एअरलाइन्सको बिमान आगलागी बाट ध्वस्त भएता पनि कुनै मानविय क्षति नभएको समाचारमा उल्लेख गरिएको छ। जापान कोस्ट गार्डको बिमानमा चालक दलका सदस्य सहित ६ जना सवार रहेको र पाइलट घाइते भएको टिबिएस टेलिभिजनले जनाएको छ।

सरकारी अधिकारीहरुका अनुसार बाँकि ५ जना संग सम्पर्क हुन नसकेको जापानबाट संचालित नेपाली भाषाको अनलाइन न्यूज पोर्टल क्योदाइ न्यूजले जनाएको छ ।




भर्खरै